Saturday, January 18, 2025
Home > अन्तराष्ट्रिय समाचार > भारतमा कोरोना संक्रमितको संख्या ४२ लाख नाग्यो

भारतमा कोरोना संक्रमितको संख्या ४२ लाख नाग्यो

एजेन्सी २२ भाद्र
भारत कोरोना भाइरसबाट सबैभन्दा बढी संक्रमित हुने देशको दोस्रो स्थानमा पुगेको छ । भारतमा कोरोना संक्रमितको संख्या ४२ लाख नाघेको छ ।
पछिल्लो तथ्याङक अनुसार भारतमा ४२ लाख दुईहजार पाँचसय बढीमा संक्रमण देखिएको छ । यस्तै संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि ७१ हजार नाघेको छ । अहिलेसम्म भारतमा ७१ हजार ६ सय ८७ जनाको मृत्यु भइसकेको छ । भारतमा अहिलेसम्ममा ३२ लाख ४७ हजार बढि संक्रमणमुक्त भएका छन् । अहिले भारत विश्वमा सबैभन्दा धेरै नयाँ संक्रमित र मृतक भेटिने मुलुक बन्न पुगेको छ । पछिल्लो केही दिनयता भारतले निरन्तर कोरोना भाइरसका नयाँ संक्रमित संख्यामा नयाँ रेकर्ड बनाउँदै आएको छ । यद्यपि भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या भने तुलनात्मकरुपमा कम छ । संक्रमित र मृत्युको संख्यामा पहिलो स्थानमा अमेरिका छ । यस्तै दोस्रो स्थानमा रहेको ब्राजिल तेस्रो स्थानमा पुगेको छ । यसैविच विश्वभरमा कोरोना संक्रमितको संख्या दुईकरोड ७२ लाख ९० हजार नाघेको छ । जसमध्ये एककरोड ९३ लाख ७४ हजार बढि निको हुँदा ८ लाख ८७ हजार पाँचसय भन्दा बढी मानिसको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *