Saturday, January 18, 2025
Home > अन्तराष्ट्रिय समाचार > भारतको केन्द्र सरकारले प्याज निर्यातमा पूर्ण प्रतिबन्ध लगायो 

भारतको केन्द्र सरकारले प्याज निर्यातमा पूर्ण प्रतिबन्ध लगायो 

एजेन्सी ३१ भाद्र
मूल्यमा अधिक बढोत्तरी भइरहेको उल्लेख गर्दै भारतको केन्द्र सरकारले प्याज निर्यातमा पूर्ण प्रतिबन्ध लगाएको छ ।
त्यहाँको डाइरेक्ट जनरल अफ फरेन ट्रेड (डिजीएफटी)ले एक सूचना जारी गर्दै सबै खालका प्याजहरुको निर्यातमा पूर्ण रुपमा रोक लगाइएको जनाएको हो । एक अधिकारीलाई उद्धृत गर्दै इकोनोमिक टाइम्सले जनाएअनुसार भारतमा प्याजको मूल्य बढिरहेको छ, तर घरेलु बजारमा मागअनुसार प्याजको उपलब्धतामा निकै कमी देखिएको छ । यो कमी मौसमी भएपनि कोभिड १९ महामारीको दौरान पछिल्ला केही महिनाहरुमा भारतबाट निकै ठूलो परिमाणमा प्याजको निर्यात भएको समाचारमा उल्लेख गरिएको छ । भारतमा अप्रिलदेखि जूनसम्मको अवधिमा १९ दशललव ८ करोड अमेरिकी डलर बराबरको प्याज निर्यात भएको देखिएको छ, जबकि गत वर्षको पूरा साल ४४ करोड अमेरिकी डलर मूल्य बराबरको प्याज मात्र निर्यात भएको थियो । भारतबाट बंगलादेश, मलेसिया, यूएई र श्रीलंकामा बढी परिमाणमा प्याज निर्यात गर्ने गरेको छ । नेपाली बजारमा उपलब्ध हुने प्याजमा समेत अधिकांश हिस्सा भारतबाटै आयात हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *