Saturday, January 18, 2025
Home > अन्तराष्ट्रिय समाचार > भारतका दुवै सदनबाट पारित भइसकेको कृषि विधेयकको विरोधमा आज भारतभर किसानहरुद्वारा चक्काजाम

भारतका दुवै सदनबाट पारित भइसकेको कृषि विधेयकको विरोधमा आज भारतभर किसानहरुद्वारा चक्काजाम

एजेन्सी ९ असोज
भारतका दुवै सदनबाट पारित भइसकेको कृषि विधेयकको विरोधमा आज किसानहरुले भारतभर चक्काजाम गरेका छन । सरकारले कृषि विधेयकलाई किसानको हितैषी भनेको छ र यसबाट किसानहरुको आय बढ्ने दाबी गरेको छ । तर, किसान संगठनहरुले भने यो विधेयकले कृषि क्षेत्रलाई कर्पोरेटको हातमा सुम्पिने भन्दै विरोध जनाएका छन । भारतीय किसानहरुको आन्दोलनको प्रभाव सबैभन्दा धेरै पन्जाब र हरियाणामा परेको छ । पन्जाबमा विहीबारदेखि नै रेल रोक्ने अभियान चलाइएको थियो । भारतीय किसान आन्दोलन समन्वय समितिको अगुवाईमा किसानहरु आन्दोलनमा उत्रिएका हुन । यो समितिमा किसानहरुका बिभिन्न १२ संगठन सामेल छन र यी संगठनहरु कुनै पनि राजनीतिक दलसँग सम्बन्धित नरहेको बताइन्छ । उत्तर प्रदेश, मध्य प्रदेश, कर्नाटक, तमिलनाडु, पन्जाब र हरियाणामा किसान संगठनको प्रभाव धेरै छ । किसानहरुको यो आन्दोलनमा राजनीतिक दललेसमेत साथ दिएका छन । पन्जाबमा सत्तारुढ भाजपा बाहेकका सबै राजनीतिक दलले किसानहरुको आन्दोलनमा समर्थन जनाएका छन। कांग्रेसले त किसानहरुको आन्दोलनमा सहभागी नै हुने घोषणा गरेको छ । किसानहरुको आन्दोलनबाट सबैभन्दा धेरै पन्जाब प्रभावित हुने गरेको छ । यस पटक पनि पन्जाबका २ सय बढी स्थानमा प्रदर्शन हुने र सबै रेल सेवा रोक्ने घोषणा भारतीय किसान युनियनका नेताहरुले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *