Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > भद्रपुर नगरपालिका बालमैत्री नगर घोषणा हुने अन्तीम तयारीमा

भद्रपुर नगरपालिका बालमैत्री नगर घोषणा हुने अन्तीम तयारीमा

झापा ४ असोज
नगरभित्र बालबालिकामाथि हुने हिंसा, अत्याचार र श्रम शोषणलाई रोक्न भद्रपुर नगरपालिका बालमैत्री नगर घोषणा गर्न लागेको छ ।
“बालबालिका सबैका प्यारा, बालमैत्री हाम्रो अभिभारा” भन्ने मुल नाराका साथ नगरपालिकाले बालमैत्री स्थानीय शासन उन्मूख नगर घोषणाको सबै चरण पुरा गरिसकेको छ । गत चैतमै बालमैत्री नगर घोषणा गर्न नगरपालिका जुटे कोरोनाका कारण घोषणा हुन सकेको थिएन । कोरोना भाइरसको महामारी रोकिए लगतै बालमैत्री नगर घोषणा गरिने नगरपालिकाका मेयर जिवनकुमार श्रेष्ठले जानकारी दिनुभयो । देशकै पाँचौं र प्रदेश नम्बर १ कै पहिलो स्थानीय तहको रुपमा भद्रपुर नगरपालिकाले बालमैत्री स्थानीय शासन उन्मूख नगरपालिका घोषणा गर्न लागिएको उहाँले बताउनुभयो । नगरपालिकाले बालकोष स्थापना, बालबालिकाबारे वस्तुगत विवरण तयारी, बालमैत्री अवधारणा बारे अभिमुखीकरण, विभिन्न तहमा बाल समिति गठन, बालमैत्री स्थानीय शासन कार्य योजना निर्माणलगायत काम पूरा गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *