Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > बीरगन्जमा संक्रमितको उपचारमा खटियो सिस्टर रोबर्ट

बीरगन्जमा संक्रमितको उपचारमा खटियो सिस्टर रोबर्ट

बिरगंज १५ भाद्र
बिरगंजको कोभिड अस्पतालमा अब संक्रमितहरुका लागि सिस्टर रोबर्टले सेवा दिने भएको छ ।
सानो पाईला संस्था बिरगंजले राष्ट्रिय अनुसन्धान परिषद्को समन्वयमा तयार पारेको सिस्टर रोबोटले बिरगंजको कोभिड अस्पतालमा भर्ना भई उपचार गराई रहेका संक्रमतिहरुका लागि खाना , औषधी तथा अतिआवश्यक समान पुर्याई दिने भएको हो । सानो पाईलाले नारायणी अस्पताल विकास समितिका पदाधिकारीको रोहवरमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.संजयकुमार ठाकुरलाई एक थान विद्युतीय सिस्टर रोबर्ट प्रदान गरेको जनाएको छ । संस्थाका कार्यकारी निर्देशक कंचन झाका अनुसार संस्थाका कर्मचारी तथा भौतिकशास्त्रका वैज्ञानिक विक्रम उपाध्यायले कोरोना महामारीमा अस्पतालमा काम गर्ने गरी धातुबाट बनेको विद्युतीय सिस्टर रोबोट अविस्कार गरेको बताउनुभयो । उहाँले संक्रमितहरूलाई खाना , नास्ता , पानी , औषधी लगायत कामको लागि स्वास्थ्यकर्मीहरु अब संक्रमित नजिक नगए पनि सिस्टर रोवर्टको सहयोगले उक्त काम सहजै हुँने बताउनुभयो । सिस्टर रोबर्टमा सामान राखेर कोभिड अस्पतालको कोठाका हरेक वेडसम्म पठाउँन सकिने सुविधा रहेको उहाँले बताउनुभयो । सिस्टर रोबर्टमा भएको ब्याट्री चार्ज गरे पछि दैनिक रुपमा त्यसले काम गर्छ । सिस्टर रोबर्ट उपलब्ध गराएकोमा नारायणी अस्पताल बिरगंजले सहयोगी संस्थालाई धन्यवाद दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *