Friday, November 22, 2024
Home > राष्ट्रिय समाचार > बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालले हिजोबाट पीसीआर परीक्षण सुरु

बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालले हिजोबाट पीसीआर परीक्षण सुरु

बिराटनगर १३ असोज
बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालले हिजोबाट पीसीआर परीक्षण सुरु गरेको छ ।
प्रदेशका ल्याबहरुमा स्वाबको चाप बढेर परीक्षणको रिपोर्ट आउँन ढिलाई भईरहेका बेला नोबेलले सर्वसुलभ मूल्यमा पीसीआर परीक्षण सुरु गरेको हो । नोबेलले एक महिना अघि नै पीसीआर ल्याब तयार गरेर परीक्षणको सम्पूर्ण तयारी पूरा गरेको थियो । तर, सरकारी स्तरबाट एक महिना ढिलाई गरी आईतबार परीक्षणको अनुमति प्राप्त भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट परीक्षणको अनुमति आएसँगै पीसीआर परीक्षण थालिएको नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले जानकारी दिनुभयो । कोरोना परीक्षणका लागि नोबेलले दुई वटा अत्याधुनिक अमेरिकन पीसीआर मेसिन ल्याएको छ । सुरक्षित तवरले परीक्षणका लागि नोबेलले बेग्लै ल्याब निर्माण गरेर पीसीआर परीक्षण थालेको हो । दुई वटा पीसीआर मेसिन भएकाले एक दिनमा दुई हजार स्वाब परीक्षण गर्न सकिने नोबेलका बरिष्ठ ल्याब अधिकृत गणेश कुमार सिंहले बताउनुभयो । उहाँका अनुसार ४ देखि ६ घण्टा भित्रै रिपोर्ट दिईनेछ । यता, नोबेलले पीसीआर परीक्षण शुल्क १ हजार ५ सय ५० रुपैयाँ तोकेको छ । यो मूलुककै सबैभन्दा सस्तो पीसीआर परीक्षण शुल्क भएको नोबेलले दावी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *