Saturday, January 18, 2025
Home > मुख्य समाचार > बारामा काठ तस्कर र वन रक्षकबीच गोली हानाहान,एकजना तस्कर पक्राउ

बारामा काठ तस्कर र वन रक्षकबीच गोली हानाहान,एकजना तस्कर पक्राउ

बारा २ असोज

बारामा काठ तस्कर र वन रक्षकबीच गोली हानाहान भएको छ । बुधबार राति जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ जैतापुरमा वन गस्ती समूह र काठ तस्करको समूहबीच गोली हानाहान भएको हो ।
वन गस्ती समूहलाई लक्षित गरेर तस्कर समूहले २ राउड गोली चलाएपछि वन गस्ती टोलीले पनि १ राउण्ड जवाफी फायरिङ्ग गरेको डिभिजन वन कार्यालय बाराले जनाएको छ । मधुवन सव–डिभिजन वन कार्यालयअन्तर्गत जैतापुर पोट र हलखोरिया साझेदारी वनको गस्ती गर्ने क्रममा १० थान साइकल र १० थान गोलाइसहितको तस्कर र गस्ती समूहबीच गोली हानाहान भएको हो । जवाफी फायरिङ्ग गरेपछि १० थान गोलाइसहित १ जना काठ तस्कर प्रक्राउ परेका छन् भने अन्य फरार छन् । पक्राउ पर्नेमा बाराको करौयामाई गाउँपालिका–४ का ४८ वर्षीय स्माईल मियाँ रहेको डिभिजन बन कार्यालय बाराका प्रमुख मञ्जुर अहमदले बताउनुभयो । बारामा वन र वन्यजन्तु सुरक्षामा थप चुनौती थपिएको छ । लकडाउनको मौका छोपी बन र बन्यजन्तु तस्करी गर्नेहरुको सकृयता बढेसँगै सुरक्षामा चुनौती थपिएको हो । पछिल्लो समय बारामा बन र बन्यजन्तु तस्करीका घटना बढ्न थालेपछि डिभिजन वन कार्यालय सिमराले वन गस्तीमा सकृयता बढाएको छ । निमार्णधिन निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र आसपाका वन क्षेत्रमा पछिल्लो समय सबैभन्दा बढी तस्करी हुने गरेको छ । हालसम्म बाराको बिभिन्न स्थानमा गरेर करिब १ हजार र ५९ क्युफिट काठ बरामद गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *