Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > बहिरा संघ मोरङले परियोजनाले पहिलो वर्षको उपलब्धि सार्वजनिक

बहिरा संघ मोरङले परियोजनाले पहिलो वर्षको उपलब्धि सार्वजनिक

बिराटनगर १ असोज
बहिरा संघ मोरङले सञ्चालन गरेको सुस्त दृष्टिविहीन व्यक्तिका लागि स्वस्थ्य जीवन परियोजनाले पहिलो वर्षको उपलब्धि सार्वजनिक गरेको छ ।
परिायोजनाले हिजो विराटनगरमा एक कार्यक्रमको आयोजना गरी पहिलो वर्षको उपलब्धि सार्वजनिक गरेको हो । कार्यक्रममा परियोजना संयोजक प्रशान्त दुलालले परियोजाले कान नसुन्ने र आँखा नदेख्ने दुवै समस्या भएकाहरू तथा उनीहरूका अभिभावकलाई व्यवहारिक सिप र ज्ञान प्रदान गरिरहेको जानकारी दिनुभयो । परियोजनाले पहिलो वर्ष विराटनगर महानगरपालिकाभित्रका ११ जनालाई व्यक्तिगत शैक्षिक प्रणालीमार्फत फिजियोथेरापी सेवा पनि उपलब्ध गराइरहेको छ । यस्तै कोरोना महामारीका कारण समस्यामा परेका परिवारलाई राहतसमेत उपलब्ध गराएको तुलाधरले बताउनुभयो । तीन वर्ष अवधिको परियोजनाले ३० जनालाई व्यक्तिगत शैक्षिक प्रणालीमार्फत फिजियोथेरापी सेवा र व्यवहारिक ज्ञान प्रदान गर्ने लक्ष्य राखेको छ । परियोजनाको कुल लागत ५५ लाख रुपैयाँ छ । परियोजनाले पहिलो वर्ष साढे १६ लाख रुपैयाँ प्राप्त गरेको दुलालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *