Saturday, January 18, 2025
Home > मुख्य समाचार > बडादसैं अर्थात नवरात्रको सातौं दिन आज फूलपाती,घर तथा मन्दिरहरुमा धुमधामका साथ फूलपाती भित्र्याइँदै

बडादसैं अर्थात नवरात्रको सातौं दिन आज फूलपाती,घर तथा मन्दिरहरुमा धुमधामका साथ फूलपाती भित्र्याइँदै

बिराटनगर ७ कात्तिक
नेपालीहरुको महान चाड बडादसैं अर्थात नवरात्रको सातौं दिन आज फूलपाती, घर तथा मन्दिरहरुमा धुमधामका साथ फूलपाती भित्र्याइँदैछ । घटस्थापनाका दिनदेखि नै दसैं सुरु हुने भएपनि आज फुलपातीका दिनदेखि भने दसैंको विशेष चहल–पहल हुने गर्दछ । फूलपातीका दिन दसैं घर तथा शक्तिपीठहरुमा धुमधामका साथ फूलपाती भित्र्याइन्छ । फुलपातिका दिन दसैं घरमा फूलपातीको शुभसाइतको प्रतीकका रूपमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल, फलफूल तथा अरु नयाँ पालुवा समेत विधिपूर्वक भित्र्याइन्छ । फूलपातीका दिन शक्तिस्वरुपा देवी कालरात्री भगवतीको पूजा आराधनाकालागि देशभरका शक्तिपीठहरुमा भक्तजनको निकै घुइँचो लाग्ने गरेपनि यसपटक भने कोरोना संक्रमणको महामारीका कारण शुन्यप्राय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *