Friday, November 22, 2024
Home > खेलकुद समाचार > फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनका थप तीन जना खेलाडीलाई कोरोना

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनका थप तीन जना खेलाडीलाई कोरोना

एजेन्सी २१ भाद्र
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनका थप तीन जना खेलाडीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।
योसँग क्लबमा कोरोना संक्रमित खेलाडीको संख्या ६ पुगेको छ । यसअघि पीएसजीका स्टार खेलाडी नेयमारलगायत तीन खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको पीएसजीलाई उदृत गर्दै सीएनएनले लेखेको छ । पीएसजीले गरेको परिक्षणमा तीन नयाँ खेलाडीलाई कोरोना संक्रमण देखिएको बताएको छ । क्लबले तीन जना नयाँ संक्रमित खेलाडीको नाम भने खुलाएको छैन । लिग वान च्याम्पियन्स पीएसजीले च्याम्पियन्स लिगपछि खेलाडीको कोरोना परिक्षण गरेको हो । पीएसजी यो सिजन च्याम्पियन्स लिगको फाइनलमा जर्मन क्लब वायर्न म्युनिखसँग पराजित भएको थियो । प्रि–सिजनको खेलहरु खेल्न तयार भएको पीएसजीले खेलाडीहरुको स्वास्थ्य परीक्षण गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *