Saturday, January 18, 2025
Home > अन्तराष्ट्रिय समाचार > फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई संक्रमणबाट बचाउन आवश्यक पीपीईको व्यवस्था गर्न डब्ल्यूएचओको आग्रह

फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई संक्रमणबाट बचाउन आवश्यक पीपीईको व्यवस्था गर्न डब्ल्यूएचओको आग्रह

एजेन्सी ३ असोज

विश्वभर कोरोना भाइरसबाट संक्रमित भएका मानिसहरुमा औसतमा सात जनामध्ये एकजना स्वास्थ्यकर्मी रहेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले बताएको छ । डब्ल्यूएचओले हिजो दिएको जानकारी अनुसार केही मुलुकमा भने कोरोनाबाट संक्रमित हुने स्वास्थ्यकर्मीको हिस्सा तीन जनामा एक छ । डब्ल्यूएचओले सबै मुलुकहरुलाई फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई संक्रमणबाट बचाउन आवश्यक पीपीईको व्यवस्था गर्न आग्रह गरेको छ । डब्ल्यूएचओका अनुसार करिब १४ प्रतिशत कोरोना संक्रमित स्वास्थ्यकर्मीहरु छन् । साथै केही मुलुकमा भने ३५ प्रतिशतसम्म संक्रमित स्वास्थ्यकर्मी छन् । यद्यपि उनीहरु आफ्नो काममा नै संक्रमित भएको वा समुदायबाट संक्रमित भएको भन्ने थाहा पाउन निकै कठिन हुने डब्ल्यूएचओले जनाएको छ । अन्तर्राष्ट्रिय नर्स परिषद्का अनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसका कारण एक हजारभन्दा धेरै नर्सहरुको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *