Saturday, January 18, 2025
Home > मुख्य समाचार > प्लाज्मा थेरापीबाट उपचार गराइरहेका संक्रमितको मृत्यु

प्लाज्मा थेरापीबाट उपचार गराइरहेका संक्रमितको मृत्यु

धरान । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका एक कोरोना संक्रमितको आज मृत्यु भएको छ ।

धरान १५ निवास ६७ वर्षीय वृद्धको प्रतिष्ठानको कोभिड अस्पतालमा निधन भएको हो । स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई गए राति प्लाज्मा थेपारी गरिएको थियो । थेरापीपछि स्वास्थ्यमा सुधार देखिएको भएपनि आज उनको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । बृद्धको स्वास्थ्य गम्भीर भएपछि कोभिड अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको थियो । कोभिड १९ निको भइसकेका एक प्रहरी हवल्दारले रक्तदान गरेपछि उनलाई प्लाज्मा थेपारी विधिबाट उपचार गरिएको हो । उनी वीपीमा प्लाज्मा थेपारी गरिने दोस्रो संक्रमित हुन् । उनीभन्दा अघि प्लाज्मा थेपारी गरिएका व्यक्तिको भने स्वास्थ्य सुधार भइरहेको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिनुभयो । एक सातादेखि अत्यधिक खोकी, श्वासप्रश्वास फेर्न समस्या र ज्वरो आएपछि उनी प्रतिष्ठानमा भर्ना भएका थिए । उच्च रक्तचापको विरामी उनको साउन २७ गते पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो । योसँगै प्रतिष्ठानमा अहिलेसम्म १० जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश–१ मा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *