Saturday, January 18, 2025
Home > आर्थिक समाचार > प्रभावकारी अनुगमन र कारबाहीको अभावमा प्याजको कालोबजारी अझै नियन्त्रण आउन सकेन

प्रभावकारी अनुगमन र कारबाहीको अभावमा प्याजको कालोबजारी अझै नियन्त्रण आउन सकेन

विराटनगर ११ असोज

प्याजमा भइरहेको कालोबजारी अझैसम्म पनि नियन्त्रण हुन सकेको छैन । प्रभावकारी अनुगमन र कारवाही हुन नसकेका कारण कालोबजारीले निरन्तरता पाईरहेको हो ।  भदौ अन्तिम साताबाट भारत सरकारले प्याज निर्यातमा रोक लगाएयता नेपालमा प्याजको कालोबजारी शुरु भएको हो । भारतले प्याज निर्यातमा रोक लगाएकै भोलिपल्टदेखी थोक ब्यापारीहरुले प्याजको मुल्य मनोमानी ढंगले बृद्धि गरी विक्री गरिरहेका छन । आयातमा रोक लाग्नुभन्दा अघिदेखी नै ब्यापारीहरुसंग ठूलो परिमाणको मौज्दात रहेपनि भारतको निर्णय आउने वित्तिकै थोक ब्यापारीले प्याज लुकाएका छन ।  कोल्ड स्टोर र गोप्य गोदामहरुमा प्याज लुकाएका ब्यापारीले पछिल्लो समय मनमौजी ढंगले महँगो मूल्यमा विक्री वितरण गरिरहेका छन । यस्तो कार्य सरासर ठगी र कालोबजारी भएको उपभोक्ताबादी संस्था पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलको भनाई छ । भारतबाट प्याज आयात रोकिनुअघि ४०÷५० रुपैयाँ मुल्यमा बिकेको प्याज यतिखेर थोकमै ९५ देखि सय रुपैयामा बिक्री हुँदै आएको छ । खुद्रा मूल्य भने १ सय २० देखि १ सय ४० रुपैयासम्म पुगेको छ । मूल्य महँगिएपनि बजारमा भने प्याजको उपलब्धता पर्याप्त छ । भारततर्फबाट आयात रोकिएपनि ब्यापारीले यसअघिदेखि नै लुकाएका प्याज महँगो मूल्यमा बजारमा पठाईरहेका छन । ब्यापारी स्वयंले प्याजको मौज्दात सार्वजनिक गर्नुपर्ने अथवा सम्बन्धित निकायले खोजी गरेर भएपनि लुकाइएका प्याज निकाल्नुपर्ने ढुंगेलको भनाई छ । प्याजमा कालोबाजारी भइरहेको बिषयमा सम्बन्धित निकाय समेत जानकार छ र अनुगमन समेत भइरहेको छ तर त्यो पर्याप्त देखिएको छैन । पछिल्लो समय प्याजको खरीद बिल देखाउन नसकेको तर महँगो मूल्यमा बिक्री गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालय मोरङ सहित वाणिज्य कार्यालय समेतको अनुगमन टोलीले विराटनगरका २ जना ब्यापारीलाई नियन्त्रणमा लिएर कारवाही प्रकृया समेत अघि बढाईसकेको छ । प्याजमा मुल्यबृद्धिको बिषयमा अनुगमन,अध्ययन र अनुसन्धान जारी रहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख सन्तोष पोखरेलले बताउनुभयो । आउदो एकदुईदिन भित्रे मूल्य बृद्धिको कारण पत्ता लाग्ने उहाँको भनाई छ । जिल्ला प्रशासन र वाणिज्य समेतको टोलीले अनुगमन जारी राखेपनि बिषय केन्द्रित हुन नसकेका कारण प्याजको कालोबजारी नियन्त्रण हुन नसकेको जानकार बताउँछन । तसर्थ कोल्ड स्टोर र गोदामहरुमा लुकाइएका प्याजको मौज्दात खोजी गरेर तिनको खरीद र बिक्री मूल्य खोजी गरियोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *