Friday, November 22, 2024
Home > मुख्य समाचार > प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको पुनर्गठन,अर्थ मन्त्रालयको जिम्मा विष्णु पौडेललाई

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको पुनर्गठन,अर्थ मन्त्रालयको जिम्मा विष्णु पौडेललाई

काठमाण्डौ २९ असोज
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको पुनर्गठन गर्नुभएको छ । ओलीले मन्त्रिपरिषद्को पुनर्गठन गरेर केही मन्त्रीको जिम्मेवारी हेरफेर गर्नुभएको छ । उहाँले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी दिनुभएको छ । पुनर्गठित मन्त्रिमण्डलमा अर्थ मन्त्रालयको जिम्मा विष्णु पौडेललाई दिइएको छ । यसैगरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी लिलानाथ श्रेष्ठले पाउनुभएको छ । सहरी विकासमा कृष्णगोपाल श्रेष्ठलाई ल्याइएको छ । सञ्चार मन्त्रालयको जिम्मा यसअघि बालबालिका मन्त्री रहनुभएका पार्वत गुरुङलाई दिइएको छ । यसैगरी रक्षा मन्त्रालयको जिम्मा भने प्रधानमन्त्री केपी शर्मा ओलीले आफैँ राख्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *