Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > प्रदेश २ सरकारले आयुर्वेदलाई उपेक्षा गरेको  वनस्पति विज्ञ तथा आयुर्वेदिक चिकित्सकको आरोप

प्रदेश २ सरकारले आयुर्वेदलाई उपेक्षा गरेको  वनस्पति विज्ञ तथा आयुर्वेदिक चिकित्सकको आरोप

जनकपुर २० भाद्र
वनस्पति विज्ञ तथा आयुर्वेदिक चिकित्सकले रोगसँग लड्ने प्रतिरोधी क्षमता बढाउन नेपालमै पाइने जडीबुटी गुर्जोको प्रयोग गर्नुपर्ने सुझाव दिई रहेको बेला प्रदेश २ सरकारले भने अहिलेपनि आयुर्वेदलाई उपेक्षा गरिरहेको देखिएको छ ।
कोरोना संक्रमण फैलिन थालेपछि विभिन्न अस्पतालहरुलाई औषधि लगायत आवश्यक पुर्वाधार विकासको लागि प्रदेश सरकार र संघीय सरकारले रकम विनियोजन गरेपनि आयुर्वेद अस्पताललाई हेला गरे जस्तै देखिएको छ । नेपालमा पाइने महवत्पूर्ण जडीबुटी गुर्जो हो । गाउँघरतिर गुर्जोको लहराका नामले यो चर्चित छ । औषधीय गुणले भरिपूर्ण यो लहरा नेपाली ग्रामीण भेगमा ज्वरो, रुघोखोकी र चिसोमा लाग्ने बाथलगायत अन्य अधिक रोगको औषधिका रूपमा प्रयोग गरिन्छ । साथै विभिन्न खालको एलर्जी, चर्मरोग, पेट रोगमा रामवाण मानिन्छ । पछिल्लो समय मधुमेह, क्यान्सरसम्मका लागि पनि यसको औषधीय गुणको महत्व रहेको आयुर्वेद चिकित्सकले दाबी गर्दे आउका छन । अहिले कोरोनाको संक्रमणसंगै यसको सेवन गर्नेको संख्या समेत बढेको छ । हालसम्म खोप वा कुनै उपचार पद्धति विकास नभएकाले देशभित्रै रहेका जडीबुटीको उपयोग गर्नुपर्ने सुझाव पनि विज्ञहरूको छ । तर प्रदेश सरकारको भने यस तर्फ दृष्टि पुग्न सकेको छैन । कोरोना लागेका बिरामीका परिवारहरु र यसबाट जोगिनको लागि सर्वसधारणहरु दिनहु प्रदेश आयुर्वेद औषधालयमा रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधी माग्न आउने गरेपनि बजेट अभावका कारण माग अनुसार दिन नसकिएको औषधालयका प्रमुख डा. सिमा झाले बताउनुभयो । उहाँका अनुसार नेपालमा आयुर्वेदमा यसको राम्रो उपयोग छ तर आधुनिक चिकित्सामा परीक्षण भएका छैनन् । झाले आफुहरुले औषधि खरिद लगायतको लागि पटक पटक मन्त्रालयलसंग माग गरेपनि कुनै सुनुवाई नगरिएको कारणले समस्या आएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *