Tuesday, December 03, 2024
Home > मुख्य समाचार > प्रदेश–१ मा १ सय ३३ जना कोरोना संक्रमित थपिए

प्रदेश–१ मा १ सय ३३ जना कोरोना संक्रमित थपिए

बिराटनगर १ असोज
प्रदेश–१ मा हिजो १ सय ३३ जना कोरोना संक्रमित थपिएका छन् ।
सुनसरीमा ६९, मोरङमा ३४, झापामा २०, भोजपुरमा ५, उदयपुर र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको धरानमा १० महिला २२ पुरुष, इटहरीमा ७ महिला १९ पुरुष, गढी र कोशी गाउँपालिकामा ४–४ पुरुष, भोक्राहानरसिंहमा २ पुरुष, बराहक्षेत्रमा १ महिलाको रिपोर्ट पोजेटिभ आएको छ । मोरङको विराटनगरमा ९ महिला १९ पुरुष, धनपालथानमा २ पुरुष, बेलबारीमा १ महिला १ पुरुष, कटहरीमा १ महिला र सुनबर्षीमा १ पुरुषमा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उता झापाको दमकमा १ महिला ७ पुरुष, भद्रपुरमा २ महिला ४ पुरुष, बार्हदशीमा २ महिला ३ पुरुष, मेची नगरमा १ पुरुष, भोजपुरमा ५ पुरुष, उदयपुरमा १ महिला, धनकुटामा १ महिला र प्रदेश १ बाहिरका ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार १ सय पुगेको छ । प्रदेश १ मा ५२ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा डिचार्ज हुनेका संख्या २ हजार १९४ पुगेको छ । प्रदेश १ मा हिजो १ हजार २७३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३६ महिला र ९७ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा हालसम्म १ लाख १२ हजार ६३ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *