बिराटनगर ८ असोज
प्रदेश १ मा हिजो ९१ जना कोरोना संक्रमित थपिएका छन् ।
मोरंगमा ४२, सुनसरीमा ३७, झापामा ४, पाँचथरमा २, ताप्लेजुङ र तेर्हथुममा १–१ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरंगको विराटनगरमा ११ महिला १३ पुरुष, पथरीशनिश्चरेमा ३ महिला ३ पुरुष, जहदामा ३ महिला ३ पुरुष, सुन्दरहरैचामा १ महिला २ पुरुष, ग्रामथान, कटहरी र मिक्लाजुङमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । उता सुनसरीको इटहरीमा २४ महिला ७ पुरुष, दुहवीमा २ महिला २ पुरुष, स्थानीय तह नखुलेका २ पुरुष, झापाको गौरादहका १ पुरुष, स्थानीय तह नखुलेका ३ पुरुष, पाँचथरको फालेलुङमा २ पुरुष, ताप्लेजुङमा १ पुरुष, तेर्हथुमको छथरमा १ पुरुष र प्रदेश १ बाहिरका २ महिला २ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार ९५० पुगेको छ । प्रदेश १ मा हिजो २७ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ६१९ पुगेको छ ।