Saturday, January 18, 2025
Home > मुख्य समाचार > प्रदेश–१ मा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप ४ जनाको मृत्यु

प्रदेश–१ मा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप ४ जनाको मृत्यु

बिराटनगर २० भाद्र
प्रदेश–१ मा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । मृत्यु हुने सबै मोरङका रहेका छन् ।
विराटनगरका २ महिला र बुढीगंगा र धनपालथानका १–१ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आजसम्म मृत्यु हुनेको संख्या ३९ पुगेको छ । प्रदेश–१ स्थायी ठेगाना भएका २७ रहेका छन् । अन्य १२ जना प्रदेश–१ बाहिरका रहेको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज १ हजार ७ सय ६१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये २३ महिला र ३१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । आज थप ५४ जनामा कोरोना संक्रमण देखिएको छ । मोरङका ३४, सुनसरीका १३, झापाका ५, इलामका १ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनागरका १४ महिला १४ पुरुष, पथरीशनिश्चरेका २, लेटाङ, कटहरी र रंगेलीका १–१ पुरुष र जहदाकी १ महिला, सुनसरीको इटहरीका २ महिला ६ पुरुष, धरानका ४ महिला १ पुरुष, झापाको दमकका १ महिला २ पुरुष, विर्तामोडका १ र स्थानीय तह नखुलेका १ पुरुष, इलामको चुलाचुलीका १ पुरुष र प्रदेश १ बाहिरका १ महिलाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ८७९ पुगेको छ । प्रदेश १ मा आज १६ जना डिस्चार्ज भएका छन् । उनीहरु सबै कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट डिस्चार्ज भएका हुन । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ८३५ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आजसम्म ९७ हजार २२१ जनाको कोरोना परीक्षण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *