बिराटनगर २८ भाद्र
प्रदेश–१ मा हिजो ३६ जना निको भएर डिस्चार्ज भएका छन् ।
प्रदेश–१ मा हिजो ७७ कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६२, सुनसरीमा १४ र उदयपुरमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा हिजो ४६ जनामा संक्रमण देखिएको छ । २१ महिला र २५ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ६९६ पुगेको छ । प्रदेश १ मा हिजो १ हजार २१२ जनाको पीसीआर परीक्षण भएको छ । मन्त्रालयका अनुसार हालसम्म १ लाख ६ हजार ९८६ जनाको पीसीआर परीक्षण गरिएको छ । यस्तै प्रदेशमा थप ३ जनाको मृत्यु भएको छ । मोरङको विराटनगरका १ पुरुष, ग्रामथानकी १ महिला र सुनसरी रामधुनीका १ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश–१ मा मृत्यु हुनेको संख्या ४७ पुगेको छ ।