Saturday, January 18, 2025
Home > मुख्य समाचार > प्रदेश १ को सरकारले मध्यावधी उपलब्धी सार्वजनिक

प्रदेश १ को सरकारले मध्यावधी उपलब्धी सार्वजनिक

बिराटनगर २९ असोज

प्रदेश १ को सरकारले मध्यावधी उपलब्धी सार्वजनिक गरेको छ । हिजो विराटनगमा एक कार्यक्रमको आयोजना गरी सरकार गठन भएको अढाइ बर्षमा प्रदेश सरकारले गरेका काम तथा प्राप्त भएका उपलब्धि सार्वजनिक गरेको हो । कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले जनताको आकर्षणको केन्द्र विन्दुका रुपमा प्रदेश सरकार स्थापित हुँदै गएको बताउनुभयो । राईले प्रदेश सरकारले अढाइ वर्षको अवधिमा प्रदेशका संरचनाहरू तयार पारेर आवश्यक ऐन, कानुन र कार्यविधिहरू निर्माण गर्न सफल भएको बताउनुभयो । राईले सरकारले योजनाबद्ध विकासको सुरूवात गर्दै परियोजना बैंक स्थापनाको तयारी पनि गरेको जानकारी दिनुभयो । प्रदेश योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेलले शासनलाई तल्लो तहसम्म पुग्न नदिन कानुनै नबनाउने र बनाइहाले पनि कार्यान्वयनमा नलैजाने प्रबृत्ति रहेको धारणा राख्नुभयो । अझै पनि राणाकालीन सोच र व्यवहार हाबी भइरहेकै कारण समस्या आइरहेको उहाँको भनाइ छ । कार्यक्रममा प्रदेश योजना आयोगका सदस्य पूर्णकुमार लोक्सोमले सरकारको मध्यावधि समिक्षा प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदनअनुसार प्रदेश लोकसेवा आयोग र आर्थिक मामिला तथा योजना मन्त्रालयको वित्तीय प्रगति न्यून रहेको छ । यस्तै भूमि व्यवस्था तथा सहकारी, आन्तरिक मामिला ताथ कानुन मन्त्रालय र प्रदेश योजना आयोगको प्रगति सामान्य छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, प्रदेश सचिवालय, मुख्य न्यायधिबक्ताको कार्यालय र प्रदेश लेखा नियन्त्रण कार्यालयको प्रगति राम्रो रहेको प्रदेश योजना आयोगले सार्वजनिक गरेको प्रतिवेदनले देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *