Saturday, January 18, 2025
Home > मुख्य समाचार > प्रदेश १ को संसदीय दलको नेताबाट शेरधन राईलाई हटाईयो

प्रदेश १ को संसदीय दलको नेताबाट शेरधन राईलाई हटाईयो

बिराटनगर  १६ पौष
नेकपा प्रचण्ड–माधव समूहले प्रदेश १ को संसदीय दलको नेताबाट शेरधन राईलाई हटाएको छ ।
मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको प्रचण्ड–माधव समूहले भीम आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको थियो । आज बसेको बहुमत सांसदको बैठकले राईलाई हटाएर आचार्यलाई दलको नेता चयन गरेको छ । प्रदेश १ मा नेकपाका ६७ सांसद छन् । उनीहरुमध्ये ३७ जनाले राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए । नेकपा संसदीय दलको नेता परिवर्तन गर्न यसअघि प्रदेशसभाका ३६ सदस्यले उपेनता टंक आङ्बुहाङलाई पत्र बुझाएका थिए । पत्र प्राप्त भएपछि आङ्बुहाङले पुस १९ गते संसदीय दलको बैठक बोलाउनुभएकोमा मुख्यमन्त्री राईले अविश्वास प्रस्ताव पेश गर्नेलाई स्पष्टिकरण सोधेपछि आज बिहान नै आकस्मिक रुपमा संसदीय दलको बैठक बोलाईएको थियो । बहुमत सदस्यको अविश्वास प्रस्ताव आएपछि दलको नेताको हैसियतमा कुनै पनि काम नगर्न सुचित गरेको भएपनि मुख्यमन्त्रीले स्पष्टिकरण सोध्ने र सांसदलाई धम्क्याउने काम गरेकाले आकस्मिक बैठक बोलाएको नेता आङ्बुहाङले जानकारी दिनुभयो । आज बिहान ९ बजे बसेको बैठकले राईलाई पदमुक्त गरेर आचार्यलाई दलको नेतामा चयन गरेको उहाँको भनाइ छ । दलका उपनेता टंक आङ्बुहाङले प्रदेश–१ प्रदेशसभा सचिवालयमा पुगेर दलको नेताबाट वर्तमान मुख्यमन्त्री तथा आफ्नो दलका नेता राईलाई बहुमत सांसदहरुले निष्कासन गरेको पत्र दर्ता गराउनुभएको सभामुख प्रदिपकुमार भण्डारीले जानकारी दिनुभयो । प्रदेशसभामा नेकपाको दलको नेता परिवर्तन भएको जानकारी पत्र दर्ता भएको उहाँको भनाइ छ । यसैबीच प्रदेश १ का नेकपाका १५ जना सांसदलाई नेकपाका संसदीय दलका नेता शेरधन राईले ३ महिनाका लागि निलम्बन गर्नुभएको छ। निलम्वन हुनेहरु दाहाल नेपाल समूहका सांसद हुन । यसअघि मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याएका दाहाल नेपाल समूहका ३७ जना सांसद मध्ये
प्रमुख सचेतक बुद्धिबहादुर राजभण्डारीले १९ जना सांसदलाई स्पष्टीकरण सोधनु भएकोमा ४ जनाले मौखिम जवाफ दिएकोमा अन्य सांसदले कुनै जवाफ नदिएपछि कारवाही रुवरुप निलम्बन गरिएको उहाँले बताउनुभयो ।
दलको विधान २०७६ को दफा २६ (ग) को (२) (४) बमोजिम आगामी तीन महिनाको लागि निलम्बन गरिएको जानरी विज्ञप्तिमा उल्लेख छ । भीमप्रसाद आचार्यसहित १५ जना सदस्यलाई निलम्बन गरिएको छ । निलम्बनमा परेका सांसदहरुमा टंक आम्बुहाङ, राजेन्द्र कुमार राई, सावित्रा कुमारी रेग्मी, कुलप्रसाद साम्बा, लिलाबल्लभ अधिकारी, इन्द्रबहादुर आङ्वो, मोहनकुमार खड्का, भीमप्रसाद आचार्य, कुसुमकुमारी श्रेष्ठ, सरिता थापा, धिरेन्द्र शर्मा, जीवन घिमिरे, यशोधा अधिकारी, लक्ष्मण तिवारी र विजयकुमार विश्वासलगायत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *