Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > प्रदेश नम्बर ३ को नाम र राजधानीका विषयमा एउटा मात्र प्रस्ताव पेश

प्रदेश नम्बर ३ को नाम र राजधानीका विषयमा एउटा मात्र प्रस्ताव पेश

प्रदेश नं. ३ को आज बसेको प्रदेश सभामा सांसदहरुले प्रदेशको राजधानीको विषयमा छुट्टै प्रस्ताव पेस गरेका छन् भने नामाकरणका विषयमा एउटा मात्र प्रस्ताव पेस भएको छ ।

बैठकमा विवेकशिल साझापार्टीका सांसद रमेश पौडेलले प्रदेश नं. ३ को राजधानी धुलिखेल बनाउने प्रस्ताव गर्नुभएको छ । उहाँले २ वर्षदेखि संसदमा प्रदेशको राजधानी कहाँ हुनुपर्ने भनेर छलफल भएको र सबैभन्दा बढी प्रस्ताव काभ्रेपलाञ्चोक राख्ने भन्ने भएकाले आफनो प्रस्ताव काभ्रेपलाञ्चोक हुनुपर्ने बताउनुभयो । सांसद शोभा शाक्य र विराज भक्त श्रेष्ठले उक्त प्रस्तावको समर्थन गर्नुभएको छ । त्यस्तै बैठकमा मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश ३ को राजधानी हेटौडा कायम गरियोस भनी प्रस्ताव पेस गर्नुभयो । उक्त प्रस्तावमा नेपाली कांग्रेसका सांसद इन्द्रबहादुर बानियाँले समर्थन गर्नुभएको छ । सांसद इन्द्रबहादुर बानियाँले विचार फरक भएपनि निर्णय एक हुनसक्ने भन्दै मुख्य मन्त्री डोरमणी पौडेलले राखेको प्रस्तावमा समर्थन जनाउनुभयो । त्यस्तै सांसदहरु रिता माझि र रिना गुरुङले पनि उक्त प्रस्तावको समर्थन गर्नुभयो । त्यस्तै प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले प्रदेश ३ को नामाकरण बागमती कायम गरियोस भनी प्रस्ताव पेस गर्नुभएको छ । उक्त नाममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद रामेश्वर फुयाल, राप्रपाकी रिता माझी र रिना गुरुङ, विवेकसील साझा पार्टीका रमेश पौडेल र शोभा शाक्यले समर्थन गर्नुभएको छ । आज दर्ता भइ छलफल भएका प्रस्तावमा आइतबार बिहान ९ बजे बस्ने बैठकले नाम र सदरमुकाम रहने स्थानको निर्णय दिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *