Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > प्रदेश नम्बर १ को इटहरीमा निर्माणाधिन आइसोलेसन केन्द्रको निर्माण, सञ्चालन र सुरक्षामा नेपाली सेनाले सहयोग गर्ने

प्रदेश नम्बर १ को इटहरीमा निर्माणाधिन आइसोलेसन केन्द्रको निर्माण, सञ्चालन र सुरक्षामा नेपाली सेनाले सहयोग गर्ने

इटहरी २२ भाद्र
कोरोना संक्रमितहरुका लागि प्रदेश नम्बर १ को इटहरीमा निर्माणाधिन आइसोलेसन केन्द्रको निर्माण, सञ्चालन र सुरक्षामा नेपाली सेनाले सहयोग गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीको समन्वयमा इटहरी उपमहानगरपालिकाले इटहरी रंगशालामा निर्माण गरिरहेको आइसोलेसन केन्द्रको निर्माण र सञ्चालनमा सेनाले सहयोग गर्ने भएको हो । निर्माणाधिन आइसोलेसन केन्द्रको सन्दर्भमा आयोजित छलफल कार्यक्रममा नेपाली सेनाका पूर्वी पृतनापति उपरथी अनन्त कार्कीले आइसोलेसन केन्द्रको तीव्र निर्माण गरी व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि नेपाली सेनाको प्राविधिक जनशक्तिका साथै आवश्यक स्रोत साधनसमेत सहयोग गर्ने बताउनुभयो । उहाँले कोरोना संक्रमितहरुको व्यवस्थापन र उपचारका लागि सेनाको स्वास्थ्य प्राविधिक र त्यहाँको सुरक्षा व्यवस्थाको जिम्मेवारी पनि सेनाले लिने जानकारी दिनुभयो । सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले इटहरी रंगशालाको अतिरिक्त जिल्लाको विभिन्न स्थानमा स्थानीय तह, नागरिक पक्ष र सेना लगायतका सुरक्षा निकायको सहकार्यमा न्यूनतम ६ सय वेडको आइसोलेसन केन्द्र निर्माण गरी सञ्चालन हुने तयारीमा रहेको बताउनुभयो ।
इटहरी उपमहानगरपालिककाका मेयर द्धारिकलाल चौधरीले व्यवस्थित आइसोलेसन केन्द्रको निर्माण र सञ्चालनमा नेपाली सेनाको सहयोग र सहकार्य प्रशंशनीय रहने धारणा व्यक्त गर्नुभयो । उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेलले आइसोलेसन केन्द्र सञ्चालनको क्रममा न्यूनतम तीन महिनासम्मका लागि आवश्यक पर्ने खाद्यान्नको व्यवस्थापन वाणिज्य संघले गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । सामुदायिक सर्पदंश उपचार केन्द्रका अध्यक्ष तथा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिवस पोख्रेलले सेनाको सहयोग र सहकार्यमा आइसोलेसन केन्द्र निर्माण गरी सञ्चालन गर्न लागिएको बताउनुभयो । इटहरीमा हाललाई न्यूनतम एक सय वेडको आइसोलसेन केन्द्र सञ्चालनमना आउने र पछि आवश्यकताअनुसार विस्तार गर्ने योजना रहेको उनीहरुले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *