बिराटनगर
पछिल्लो २४ घण्टामा प्रदेश नं. १ मा १८२ कोरोना संक्रमित थपिएका छन् । मोरङमा ९८, सुनसरीमा ६८, झापामा ७, ताप्लेजुङ र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ७ जनामा कोरोना देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा ६८ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामध्ये २६ महिला र ४२ पुरुष छन् । मोरङको जहदामा ६ महिला र ११ पुरुष, धनपालथानमा ४ पुरुष, ग्रामथानमा १ महिला र २ पुरुष, कटहरीमा १ महिला र १ पुरुष, बुढीगंगामा २ पुरुष, केराबारीमा १ महिला, स्थानीय तह नखुलेका १ पुरुषमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । उता सुनसरीको धरानमा ११ महिला र ३३ पुरुष, इटहरीमा ६ महिला र १३ पुरुष, रामधुनीमा १ महिला र २ पुरुष, दुहवीमा १ महिला, स्थानीय तह नखुलेका १ पुरुष, झापाको विर्तामोडका २ महिला र २ पुरुष, अर्जुनधारामा २ पुरुष, गौरादहका १ महिला, ताप्लेजुङ र भोजपुरको अरुणका १–१ पुरुष तथा प्रदेश १ बाहिरका १ महिला र ६ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार ९८० पुगेको छ । प्रदेशबाट बिहीबार १७४ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट १३९, कोभिड १९ आईसोलेसन अस्पताल गोठगाउँबाट २३, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट ७, मेची अस्पताल झापाबाट ५ जना डिस्चार्ज भएका हुन् । हाल सम्म ३ हजार २७२ जना डिस्चार्ज भएका छन् ।