Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > पीसीआर परीक्षण मेसिन खरिदका लागि नागरिक समाजको आव्हानमा संकलन गरेको सहयोग रकमको हिसाव सार्वजनिक

पीसीआर परीक्षण मेसिन खरिदका लागि नागरिक समाजको आव्हानमा संकलन गरेको सहयोग रकमको हिसाव सार्वजनिक

बिराटनगर १५ असोज
पीसीआर परीक्षणका लागि विराटनगरमा परीक्षण मेसिन अभाव भएकोबेला मेसिन खरिदका लागि नागरिक समाजको आव्हानमा संकलन गरेको सहयोग रकमको हिसाव हिजो सार्वजनिक गरिएको छ । नागरिक समाजको तर्फबाट स्वतःस्फुर्तरुपमा आव्हान गर्दा ७७ लाख ३७ हजार ३५४ रुपैयाँ सहयोग रकम संकलन भएको हिजो प्रेस विज्ञप्ति मार्फत जानकारी दिइएको छ । कोभिड राहत कोष परिचालन समिति मार्फत उक्त रकम परिचालन गरिएको थियो । संकलित रकमबाट एक थान पीसीआर मेसिन र एक थान आरएनए एक्स्ट्रासन मेसिन खरिद गरेको समितिले जनाएको छ । पीसीआर मेसिन ३१ लाख ६४ हजार रुपैयाँ र आरएनए एक्स्ट्रासन मेसिन ३१ लाख ९९ हजार ९ सय ९९ रुपैयाँमा गरी जम्मा ६३ लाख ६३ हजार ९ सय ९९ रुपैयाँ खर्च भएको हिसाव सार्वजनिक भएको छ । कोषमा १३ लाख ७३ हजार ३ सय ५४ रुपैयाँ रकम बाँकी रहेको र समितिको निर्णय अनुसार मानवीय कार्यमा खर्च गर्ने पनि जनाएको छ । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुकोको अग्रसरतामा उद्योग संगठन मोरङ अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा लगायतको सक्रियतामा सहयोग संकलन अभियान सञ्चालन गरिएको थियो । अभियानका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतले ७ लाख रुपैयाँ सहयोग रकम उपलव्ध गराउनुभएको थियो । त्यस क्रममा ४१ जनाले न्यूनतम २५ हजार रुपैयाँदेखि ७ लाख रुपैंयासम्म सहयोग गरेको कोभिड राहत कोष परिचालन समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *