Saturday, January 18, 2025
Home > मुख्य समाचार > पार्टीको १४ औं महाधिवेशनको मिति नजिकिँदै गर्दा कांग्रेसभित्र आन्तरिक विवाद चुलिँदै

पार्टीको १४ औं महाधिवेशनको मिति नजिकिँदै गर्दा कांग्रेसभित्र आन्तरिक विवाद चुलिँदै

ललितपुर २३ भाद्र
पार्टीको १४ औं महाधिवेशनको मिति नजिकिँदै गर्दा नेपाली कांग्रेसभित्र आन्तरिक विवाद चुलिँदै गएको छ ।
सभापति शेरबहादुर देउवाले आफुखुसी पार्टीका विभाग विस्तार गरिरहेको भन्दै इतर पक्षले असन्तुष्टि जनाउँदै आएका छन । महाधिवेशनलाई प्रभावित गर्नेगरी सभापति देउवाले विभाग गठन गरिरहेको उनीहरुको आरोप छ । रामचन्द्र पौडेल र सिटौला पक्षका नेताहरुले सभापतिले आफ्ना निर्णय नसच्याए धर्ना दिनेदेखि लिएर आमरण अनसन बस्ने सम्मको चेतावनी दिएका छन । यता देउवा पक्षका नेताहरुले भने विभाग गठन र शुभेच्छुक संस्थाहरुलाई पूर्णता दिने निर्णय स्वभाविक भएको दाबी गरेका छन् । नेता मीन विश्वकर्माले सभापति देउवाले गरेका निर्णयको बचाउ गर्नुभयो । उहाँले विधान अनुसार ६ महिनाभित्र नै पार्टीका विभाग लगायत सबैअंगहरुलाई विस्तार गर्ने प्रयास गरेपनि सहमति जुट्न नसकेको बताउनुभयो । सभापतिले सर्वसम्मत निर्णय गरौं भनेर दबाव दिएपनि पौडेल पक्ष सहमतिमा आउन नचाहेको नेता विश्वकर्माले बताउनुभयो । कांग्रेसका महामन्त्री शशांक कोइरालाले सभापतिले विधानविपरीत गरेका कामको विरोध गर्दा पनि आफ्ना कुरा नसुन्ने गरेको आरोप लगाउनुभयो । पार्टीभित्र सभापतिले मनोमानी गरिरहेको उहाँको भनाइ छ । सभापतिको निर्णय क्षमतामाथि नै प्रश्न उठ्ने गरी विभाग विस्तार गर्ने काम भएको उहाँले बताउनुभयो । सभापति देउवा विधानविपरीत अगाडि बढेको निष्कर्ष निकाल्दै पौडेल समूहले चरणबद्ध आन्दोलनको तयारी गरेको छ । विधानविपरीत भनिएका पछिल्ला निर्णयहरु फिर्ताका लागि सभापति देउवालाई दबाब दिन मौखिक र लिखित रुपमा ध्यानाकर्षणपत्र बुझाउनेदेखि आमरण अनशन बस्नेसम्मका दबाबमुलक कार्यक्रम गर्ने तयारी पौडेल समूहको छ । कांग्रेसको विधानतः ४ वर्षको कार्यकाल सकिएपछि तदर्थ समितिमा रुपान्तरण भएपछि सभापति देउवाले संगठनल विस्तार गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *