Saturday, January 18, 2025
Home > मुख्य समाचार > पशुपति क्षेत्र विकास गुरुयोजनाको विरोध गर्दै स्थानीय बासिन्दाले पशुपति क्षेत्र विकास कोषको कार्यालय घेराउ

पशुपति क्षेत्र विकास गुरुयोजनाको विरोध गर्दै स्थानीय बासिन्दाले पशुपति क्षेत्र विकास कोषको कार्यालय घेराउ

काठमाण्डौ २२ असोज

पशुपति क्षेत्र विकास गुरुयोजनाको विरोध गर्दै स्थानीय बासिन्दाले पशुपति क्षेत्र विकास कोषको कार्यालय रहेको क्षेत्रलाई मानवसाङ्लो बनाई घेराउ गरेका छन् । पशुपतिनाथको प्राचीनता मास्ने गरी कोषले गुरुयोजना तयार गरेको भन्दै स्थानीयले दोस्रो चरणको विरोध अन्तर्गत हिजो कोषको कार्यालय रहेको क्षेत्रलाई मानव साङ्लो बनाई घेराउ गरेका हुन् । स्थानीय बासिन्दाले पशुपति क्षेत्रको विकासको नाउँमा परापूर्वकालदेखिको वस्ती मास्ने र पशुपति क्षेत्र भित्रको स्थानीय संस्कृति तथा जात्राको विनास गर्ने गरि गुरुयोजना ल्याइएको आरोप लगाएका छन् । पशुपति क्षेत्र संयुक्त संघर्ष समितिका संयोजक आशामान सङ्गतले पशुपति क्षेत्र भित्र रहेका १ सय ४० पर्व र ४० वटा भन्दा बढी जात्रा मास्ने गरी कोषले गुरुयोजना ल्याएकोले विरोध गर्नुपरेको बताउनुभयो । बागमती प्रदेशका प्रदेश सांसद नरोत्तम बैद्यले सरकारले स्थानीयका माग सम्बोधन गर्न खोजेको जस्तो नाटक गरिरहेको बताउनुभयो । तर सरकारले स्थानीयका कुनैपनि माग सम्बोधन गर्न नचाहेको स्पष्ट भइसकेको बताउनुभयो । पशुपति क्षेत्र विकास कोषले स्थानीय बासिन्दा र स्थानीय निकायसँग समन्वय नगरी गुरुयोजना तयार पारेकाले समस्या देखिएको स्थानीयहरुले बताएका छन् । स्थानीय बस्ती हट्ने भन्दा पनि पशुपति क्षेत्र भित्रका जात्रा, पर्वहरुको विनास हुने चिन्तामा आफुहरु रहेको स्थानीयले बताएका छन् । कोषले तयार पारेको १ सय वर्षे गुरुयोजनाले भुवनेश्वरी मन्दिरदेखि सिफल सम्मको बस्ती हटाउने परिकल्पना गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *