Saturday, January 18, 2025
Home > खेलकुद समाचार > पर्वतीय खेलकुद महासंघ नेपालले विश्व एथ्नो स्पोट्र्सको सदस्यता प्राप्त गर्यो

पर्वतीय खेलकुद महासंघ नेपालले विश्व एथ्नो स्पोट्र्सको सदस्यता प्राप्त गर्यो

एजेन्सी ३१ भाद्र

पर्वतीय खेलकुद महासंघ नेपालले विश्व एथ्नो स्पोट्र्सको सदस्यता प्राप्त गरेको छ ।
विश्वभर रहेको चर्चित परम्परागत तथा संस्कृतिक खेलहरुको अन्तराष्ट्रिय महासंघ विश्व एथ्नो स्पोट्र्सले पर्वतीय खेलकुद महासंघलाई सदस्य राष्ट्रको रुपमा आबद्द गरेको हो । महासंघले हिजो एक विज्ञप्ति निकाल्दै विश्व एथ्नो स्पोट्र्सको सदस्यता प्राप्त गरेको जनाएको छ । विश्व एथ्नो स्पोट्र्सका अध्यक्ष डा. एलेक्सी काइलासोबले महासंघका अध्यक्ष गोबिन्द भट्टराईलाई पत्र लेख्दै सदस्यता प्रदान गरिएको जनाएका छन् । यस्तै राखेप बोर्ड सदस्यमा मनोनयन भएकोमा भट्टराईलाई बधाई समेत दिईएको छ । महासंघले नेपालमा नेचर, एडभेन्चर र कल्चरमा आधारित खेलहरुको वकालत गर्दै आईरहेको छ । लात्भियाको रिगामा सचिवालय रहेको विश्व एथ्नो स्पोट्र्स युनेस्कोको पार्टनर अर्गनाइजेसन रुपमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *