Saturday, January 18, 2025
Home > मुख्य समाचार > परिवारको आर्थिक अवस्था कमजोर हुँदा एक दलित युवाको काजकिरिया गर्न समस्या

परिवारको आर्थिक अवस्था कमजोर हुँदा एक दलित युवाको काजकिरिया गर्न समस्या

मोरङ ३ भाद्र
परिवारको आर्थिक अवस्था कमजोर हुँदा मोरङको कटहरी गाउँपालिका–४ स्थित मुसहर बस्तीका एक दलित युवाको काजकिरिया गर्न समस्या भएको छ । काजकिरियामै आर्थिक समस्या भएपछि मृतक परिवार यतिबेला सहयोगका लागि हारगुहार गरिरहेको छ ।
मोरङको कटहरी गाउँपालिका–४ स्थित खेरवना मुसहर वस्तीका ४० वर्षीय गुरुचरण ऋषिदेवको उपचारको क्रममा साउन २४ गते नोवेल टिचिङ अस्पतालमा मृत्यु भएको थियो । मृतक परिवारले अस्पतालमा ४ लाख रुपैयाँ तिर्न नसकेर शव ल्याउनका लागिसमेत समस्या झेल्नु पर्यो । तर गुरुचरणको बिरामी भएर मृत्यु भएको होइनन् । निमुवा चन्द्र शिव राइस मिलमा काम गर्ने क्रममा बूढीगंगा गाउँपालिका २ टंकीका आफ्नै सहकर्मी अजित राजवंशीको कुटाईबाट गुरुचरण गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि नोवेलमा भर्ना गरिएको थियो । उपचारकै क्रममा गुरुचरणको मृत्यू भएको होे । घरको आर्थिक अवस्था दयनीय भएकै कारण यतिबेला श्रीमानको काजकिरिया गर्न निकै समस्या भएको मृतककी श्रीमती शुलेखादेवी ऋषिदेवले गुनासो गर्नुभयो । घरमा नुन, तेल, दाल, चामल नभएका कारण काजकिरियामा बसेका उनको छोरा पशुराम ऋषिदेवलाई समेत खाना खुवाउन नसकेकी उनले बताइन् । कमाउने श्रीमानको मृत्यु हुँदा घरमा अझ समस्या भएको उनले बताइन । लामो समयको लकडाउनका कारण झनै समस्या भएको उनको भनाइ छ । उनले श्रीमानको हत्यारालाई कडा कारबाही गर्नसमेत माग गरिन् । पीडित परिवारलाई न्याय दिलाउन लागिपरेको स्थानीय कला साहको भनाइ छ ।
विभिन्न व्यक्तिहरुसँग हारगुहार गरेर गाउँपालिको पहलमा मृतकलाई दाहसंसकार गर्न अस्पातलमा ५० हजार रुपैयाँ तिरेर शव ल्याएको साहले बताउनुभयो । अरु रकम भने अस्पतालले छुट गरीदिएको उहाँले जानकारी दिनुभयो । पीडित परिवार सहयोगका लागि आएमा वडाले सहयोग गर्ने कटहरी गाउँपालिका वडा नंः ४ का वडाध्यक्ष मन्टु शेखको भनाइ छ । उहाँले काजकिरिया सकेपछि पीडित परिवारलाई न्याय दिलाउन आफूहरुले पहल थाल्ने बताउनुभयो । दलितसँग सम्बन्धित विभिन्न संघसंस्था खुले पनि अहिलेसम्म यस्तो आपतको बेला मृतक दलित परिवारलाई कतैबाट पनि सहयोग जुटेको छैनन् । सहरका सुविधासम्पन्न होटलमा गोष्ठी गरेर दलित र मानवअधिकारका कुरा गर्ने संघसंस्थाहरुले यो पीडित परिवारलाई सहयोग गरेर दुःखको घाउमा मम्हम लगाउने कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *