Thursday, March 06, 2025
Home > मुख्य समाचार > पछिल्लो २४ घण्टामा २७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा २७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौ २५ कात्तिक
पछिल्लो २४ घण्टामा २७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७ सय ३६ जनामा कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार ७६० पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त भई ८ सय ५३ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ६० हजार ५ सय ७७ जना पुगेको छ । पछिल्लो २४ घण्टामा २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ सय ४८ पुगेको छ ।सक्रिय संक्रमितको संख्या ३८ हजार ३५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *