काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ परेका १२२ जना चिनियाँ नागरिक जिल्ला प्रशासन कार्यालय काठमाडौमा जनही एक हजार जरिवाना तिरेर थुनामुक्त भएका छन ।
महानगरीय प्रहरी परिसर काठमाडौंले अभद्र व्यवहार गरेको कसुरमा उनीविरूद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिलमार्फत जिल्ला प्रशासन कार्यालयमा पेश गरेको थियो । सो कसुरमा प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जनहीँ एक हजार रूपैयाँ जरिवाना हुने फैसला गर्नुभएको हो । एक हजार रूपैयाँ तिरेपछि प्रहरीले चिनियाँलाई थुनामुक्त गरेको छ । उनीहरूलाई अध्यागमन विभागमा बुझाउने तयारी थालिएको परिसरले जनाएको छ । आज नै उनीहरूलाई अध्यागमनको जिम्मा लगाइने बताइएको छ ।