Saturday, January 18, 2025
Home > आर्थिक समाचार > नेपाल सँधै शान्तिको पक्षमा : मन्त्री भट्टराई

नेपाल सँधै शान्तिको पक्षमा : मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल संधै शान्तिको पक्षमा रहेको बताउनुभएको छ ।

आज काठमाडौंमा आयोजित ‘अन्तर्राष्ट्रिय च्यान्टिङ सेरेमोनी अफ नेपाल’लाई सम्बोधन गर्दै मन्त्री भट्टराईले नेपाल संधै विश्वमा शान्ति कायम होस भन्ने पक्षमा रहेको बताउनुभएको हो । उहाँले चेन्टिङ सेरेमोनीले अन्तर्राष्ट्रिय एकवद्धता कायम गर्न र शान्ति स्थापना गर्न सहयोग पुर्याउने बताउनुभयो । उहाँले भ्रमण वर्ष २०२० को जनवरी १ देखि नेपाल भ्रमण वर्ष शुरु भएको अवस्थामा यस्तो कार्याक्रमले विश्वमा शान्तिको सन्देश दिने मात्र नभई नेपालको पर्यटन वर्षको प्रवद्र्धनमा समेत सहयोग पुर्याउने बताउनुभयो । मन्त्री भट्टराईले पर्यटन वर्षको अवसरमा भगवान गौतमवुद्धको जन्मस्थल लुम्बिनिमा सरकारले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने जानकारीसमेत दिनुभयो । सम्मेलनले विश्वमा शान्ति स्थापना र लुम्बिनिको प्रवद्र्धनमा सहयोग पुर्याउने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *