Saturday, January 18, 2025
Home > मुख्य समाचार > नेपाल वैश्य युवा संघ मोरङले अति विपन्न परिवारलाई राहत स्वरुप खाद्यन्न वितरण

नेपाल वैश्य युवा संघ मोरङले अति विपन्न परिवारलाई राहत स्वरुप खाद्यन्न वितरण

बिराटनगर २१ असोज
समाजमा स्वार्थले भरिएका मान्छे मात्रै छैनन् निःस्वार्थ भावले मानवीय सेवामा समर्पित मान्छेहरु पनि छन् । जसको उदाहरण यसपटकको लकडाउनका समयमा अभावले छटपटिरहेका व्यक्तिहरुलाई राहत वितरण गरेको घटनालाई लिन सकिन्छ । दर्जनौं संघसंस्थाहरुले खाद्यन्न वितरण गरेर लाखौं मानिसको भोक मेटाएका छन् । लकडाउनको असर अझै कायमै छ । समस्यामा परेका व्यक्तिहरुलाई केही संघसंस्थाले अझै राहत वितरणलाई जारी राखेका छन् ।
नेपाल वैश्य युवा संघ मोरङले अति विपन्न परिवारलाई खाद्यन्न स्वरुप राहत वितरण कार्यलाई निरन्तरता दिएको छ । चाड पर्व नजिकँदै गर्दा लकडाउनबाट प्रभावित बनेका अति विपन्न वर्गका मानिसहरुलाई राहत स्वरुप खाद्यन्न उपलब्ध गराएपछि खुशी भएको पाइन्छ । संघका सदस्यहरुबाट संकलन गरिएको रकमबाट अति विपन्न परिवारलगायत विराटेश्वर बृद्धाआश्रम, आमाको माया छात्रावास आश्रमलाई खाद्यन्न स्वरुप राहत वितरणलाई जारी राखिएको छ । समाजले लकडाउन भएदेखि नै अति विपन्न परिवारलाई चामल, दाल, नुन, खाने तेललगायतका खाद्यन्न स्वरुप राहत उपलब्ध गराउँदै आएको छ । खाद्यन्न स्वरुप राहत उपलब्ध गराएपछि आमाको माया छात्रावास आश्रम तथा जनजाति कल्याण आश्रमका अध्यक्ष मदन साहले उत्साहित भएको प्रतिक्रिया दिनुभयो । उहाँले संघले खाद्यन्न उपलब्ध गराएर ठूलो समस्या समाधान गरेका ेबताउनुभयो । उहाँले आश्रममा मेचीदेखि महाकालीसम्मका २१ जना छात्रहरुलाई निःशुल्क रूपमा अध्ययन, अध्यापन र पालनपोषण गर्दै आइरहेको जनाउनुभयो । आश्रमका छात्रहरुले वैश्य समाजलाई धन्यवादका निम्ति राष्ट्र भक्ती गित गाएर सुनाएका थिए । लकडाउनको कारणले दैनिक ज्याला मजदुरी गर्न नपाउँदा जीविकोपार्जन गर्न समस्या भएको बेला वैश्य समाजका सदस्यहरुबाट रकम संकलन गरी राहत उपलब्ध गराउने बैश्य समाजका अगुवाहरुको भनाइ छ । चाड पर्वको बेला हामीले योगदान गर्नसक्ने अगुवाहरुको सहकार्यमा अति विपन्नहरुको पहिचान गरेर राहत स्वरुप खाद्यन्न उपलब्ध गराउने उहाँहरुले बतानुभयो । संघले विभिन्न सामाजिक काम गर्दै आइरहेको छ । आफूहरुले श्रम गरेको मध्येयबाट बचत गरेर अति विपन्नहरुलाई राहत स्वरुप खाद्यन्न सहयोग गरेको नेपाल वैश्य युवा संघ मोरङ्गका अध्यक्ष गणेशकुमार साहले बताउनुभयो । उहाँले समाजका कुनै पनि अति विपन्न व्यक्तिहरुलाई चाड पर्वको वेला राहत स्वरुप खाद्यन्न उपलब्ध गराउने जनाउनुभयो । वैश्य समाजका युवाहरुको सहकार्यमा सिलाई बुनाइ तालिम, लगायतका विभिन्न सामाजिक कामलाई निरन्तरता दिँदै आएको उहाँले बताउनुभयो । वैश्य समाजले चैत ११ गतेदेखि हालसम्ममा ४ लाख ६५ हजार ६ सय ३८ रुपैयाँ बराबरको राहत स्वरुप खाद्यन्न वितरण गरिसकेको अध्यक्ष साहले जानकारी दिनुभयो । चाड पर्वको बेला लकडाउनबाट प्रभावित भएका अति विपन्न वर्गहरुका लागि यस्तै मनकारी सहयोगीहरुको अझै आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *