Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > नेपाल बिद्युत प्राधिकरण भोजपुर बितरण केन्द्रले बिद्युत मिटर बितरण गर्न शुरु

नेपाल बिद्युत प्राधिकरण भोजपुर बितरण केन्द्रले बिद्युत मिटर बितरण गर्न शुरु

भोजपुर २६ असोज
विद्युत सेवाबाट बञ्चित परिवारहरुका लागि बिकट गाउँमा नै पुगेर नेपाल बिद्युत प्राधिकरण भोजपुर बितरण केन्द्रले बिद्युत मिटर बितरण गर्न शुरु गरेको छ ।  प्राधिकरणले आफ्नै घर आँगनमा आएर मिटर बितरण गरेकामा स्थानीयसमेत खुशी देखिएका छन् । प्राधिकरणले जिल्लाको उत्तरमा रहेको षडानन्द नगरपालिका वडा नम्वर ८ तुङगेछाका करिब २ सय घरपरिवारलाई गाउँमा नै गएर बिद्युत मिटर बितरण गरेको हो । यातायातका साधनसमेत संचालनमा आउन नसकेको र कोरोनाको जोखिमलाई समेत ध्यान दिएर गाउँमै गएर मिटर बितरण गरिएको नेपाल बिद्युत प्राधिकरण भोजपुर बितरण केन्द्रका प्रमुख रविनबाबु घिमिरेले बताउनुभयो । भोजपुर पहाडी जिल्ला भएकाले धैरै संख्यामा सदरमुकाममा आएर बिद्युत मिटर लिन समस्या हुने भएकाले प्राधिकरणले बिद्युत बिस्तार भएका क्षेत्रमा गाउँमै पुगेर मिटर बितरण गर्दै आइरहेको केन्द्रले जनाएको छ । नेपाल बिद्युत प्राधिकरण भोजपुर बितरण केन्द्रका अनुसार भोजपुरमा रहेका २ नगरपालिका र ७ गाउँपालिकामा हालसम्म ४७ प्रतिशत मात्र बिद्युतीकरण भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *