Saturday, January 18, 2025
Home > मुख्य समाचार > नेपाल प्रहरीलाई साधन स्रोतमा सम्पन्न बनाउनुपर्नेमा मुुख्यमन्त्री राईको जोड

नेपाल प्रहरीलाई साधन स्रोतमा सम्पन्न बनाउनुपर्नेमा मुुख्यमन्त्री राईको जोड

विराटनगर १ कार्तिक

प्रदेश एकका मुुख्यमंत्री शेरधन राईले मुुलुुकको वदलिदो परिस्थिती अनुुसार नेपाल प्रहरीलाई साधन श्रोतमा सम्पन्न वनाउनुपर्नेमा जोड दिनुु भएको छ । १ नम्वर प्रदेश प्रहरी कार्यालय विराटनगरले ६५ औं प्रहरी दिवशको अवसरमा आज गरेको कार्यक्रममा वोल्नुुहुुदै उहाले संघियताको मर्म अनुुसार प्रहरी संगठनले जनताको मन जित्नेगरी काम गर्नुुपर्नेमा जोड दिनुुभयो । उहाले प्रदेश न १ मा अपराध नियन्त्रण तथा शान्ति सुुरक्षा अमनचयन कायम राख्न नेपाल प्रहरीको भुुमिका महत्पुुर्ण रहेको भन्दै अवको यात्रा सुुशासन र विकासको वाटोमा मुुलुुकलाई अघि वढाउदै नेपाली जनतामा सम्मृद्धि कायम गर्नुु रहेको वताउनुुभयो । उहाले सवै प्रकारका राजनितिक द्धन्द समाप्त भइ सकेकाले अवको लक्ष्य सम्मृद्धि कायम गरेर नेपाली जनताको अनुुहारमा खुुशी ल्याउनुु रहेको बताउनुभयो । मुुख्यमंत्री राईले कोभिड–१९ संगको लडाइमा नेपाल प्रहरीले अग्रपंक्तीमा रहेर काम गरिरहेको उल्लेख गर्नुुभयो । कार्यक्रममा आन्तरिक मामिला तथा कानुुनमंत्री हिक्मतकुमार कार्कीले शान्ति सुुरक्षा सुुद्धिढ वनाउन सिमाक्षेत्रमा १४ वटा वोर्डर आउट पोष्ट थप गर्नुुका साथै प्रदेशमा रहेका प्रहरी कार्यालयमा ५४ वटा नया भवन निमार्ण गरिएको वताउनुुभयो । १ नं प्रदेश प्रहरी कार्यालयका प्रमुुख ईश्वरवावुु कार्कीले शान्ति सुुरक्षा कायमसंगै जनताको हरेक समस्या समाधानमा नेपाल प्रहरी क्रियाशिल रहेको वताउनुुभयो । कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघले अमर प्रहरीका परिवारका सदस्यलाई सम्मान गरेको थियो । यसैगरी साधनादेवी श्रेष्ठ पराक्रम पुुरस्कारवाट यो वर्ष इलाका प्रहरी कार्यालय वसन्तपुुरमा कार्यरत प्रहरी निरिक्षक सविना खत्रीलाई सम्मानित गरिएको थियो । पुुरस्कारको राशि एकलाख रुपैया रहेको छ । उत्कृष्ठ काम गर्ने प्रहरी तथा कर्मचारीहरुलाई कार्यक्रममा सम्मानित गरिएको थियो । त्यस्तै गतवर्षको एसइई परीक्षामा उत्कृष्ट अंक ल्याउने प्रहरी कर्मचारीका छोराछोरीलाई छात्रवृति स्वरुप १०, १० हजार रुपैया प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *