काठमाण्डौ २३ भाद्र
नेपाल ओलम्पिक कमिटि (एनओसी)का महासचिव निलेन्द्र राज श्रेष्ठ कोरोना मुक्त हुनु भएको छ ।
भदौको पहिलो साता गरिएको कोरोना परिक्षणमा श्रेष्ठको रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना पोजेटिभ देखिएपछि श्रेष्ठ एकान्तवासमा बस्नु भएको थियो । श्रेष्ठले हिजो प्राप्त गरेको रिपोर्ट अनुसार उहाँको रिपोर्ट नेगेटिभ आएको छ । उहाँले कोरोनाबाट सजक हुनुपर्ने बताउँदै संक्रमित हुँदैमा आत्तिन नहुने बताउनुभयो । साउन मसान्तमा ओलम्पिक कमिटिका दुई जना कर्मचारीमा संक्रमण देखिएपछि सम्पूर्ण पदाधिकारीले भदौको पहिलो साता कोरोना भाइरसको परिक्षण गराएका थिए । राखेपले साउनको अन्तिम साता परिषद् सहित विभिन्न खेलाडी तथा एनओसीका कर्मचारीको कोरोना परिक्षणको ब्यवस्था मिलाएको थियो । महासचिव श्रेष्ठ सहित सम्पूर्ण कर्मचारीको कोरोना रिपोर्ट नेगेटिभ आएको एनओसीले जनाएको छ । कोरोनाबाट कर्मचारी र पदाधिकारीनै प्रभावित बनेपछि एनओसीले ओलम्पिक खेलेका सम्पूर्ण खेलाडीको कोरोना बिमा गर्ने निर्णय गरेको छ ।