Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > नेपाली झण्डा अङ्कित रेल जनकपुर आइपुग्यो

नेपाली झण्डा अङ्कित रेल जनकपुर आइपुग्यो

जनकपुर ३ असोज
नेपाली झण्डा अङ्कित रेल जनकपुर आइपुगेको छ ।
एउटा इन्जिन र चार वटा बोगीसहितको रेल हिजो दिउँसो जनकपुर आइपुगेको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिनुभएको छ । नेपाली रेल भारतको हाजिपुर रेल्वे स्टेशनबाट जयनगर हुँदै हिजो दिउँसो जनकपुर आइपुगेको हो । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि दुई वटा रेल नेपाल आइपुगेको हो । ६ वर्षअघि २०७१ सालदेखि रेल सेवा बन्द रहेकोमा अब फेरि सञ्चालन हुनेछ । आवश्यक कानुन बनाएर दशैं–तिहारपछि रेल सञ्चालनमा ल्याउने विभागले जनाएको छ । भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत रेल सेट खरिद गरिएको होे । जयनगरदेखि धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको रेलमार्गका भौतिक पूर्वाधार निर्माण भइसकेको छ । कुर्थाबाट बिजलपुराखण्ड १७ किलोमिटरसमेत गरेर ५२ किलोमिटर सम्पन्न हुनेछ र त्यसपछि रेल त्यहाँसम्म विस्तार हुनेछ । रेल सञ्चालनको जिम्मेवारी रेल्वे कम्पनीको हो । कम्पनीले आवश्यक जनशक्ति भर्ना गर्ने प्रक्रिया अघि बढाइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *