काठमाण्डौ २९ भाद्र
नेपालमा हिजो कोरोना संक्रमण हुने भन्दा निको हुनेको संख्या धेरै भएको छ ।
हिजो देशभर एकहजार ३९ जना संक्रमित भेटिदा निको हुनेको संख्या ११ सय ७३ रहेको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ३८ हजार ६ सय ९७ पुगेको छ । तर, सक्रिय संक्रमितको संख्या भने १५ हजार एकसय १७ मात्र छ । हिजो ९ हजार १ सय ६५ वटा पीसीआर परीक्षण भएकोमा ३ सय ६४ महिला र ६७४ जना पुरुषमा संक्रमण देखिएको हो । अहिले आइसियुमा १ सय ६९ र भेन्टिलेटरमा २३ जना संक्रमित उपचाररत छन । यसैबीच नेपालमा कोरोना भाइरस संक्रमणबाट हिजो थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ महिला र ६ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ४५ पुगेको छ । यसैबीच सरकारले पीसीआर परीक्षणको शुल्क घटेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अब सबै शुल्क गरेर अधिकतम २ हजारमा पीसीआर परीक्षण गर्न सकिने भएको हो । यस्तै विभिन्न चारवटा अस्पतालमा परीक्षण रिपोर्ट फरक फरक आएको विषयमा अनुसन्धान सुरु भएको उहाँले बताउनुभयो ।