Saturday, January 18, 2025
Home > मुख्य समाचार > नेपालमा संक्रमितभन्दा डिस्चार्ज हुने संख्या बढी

नेपालमा संक्रमितभन्दा डिस्चार्ज हुने संख्या बढी

काठमाण्डौ ४ असोज
नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट मृत्यु हुनेको संख्या ४ सय नाघेको छ ।
हिजो थप ११ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय १ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हिजो ७ महिला र ४ जना पुरुषको कोरोनाबाट मृत्यु भएको छ । हिजो मोरङमा ६५ वर्षिया, रौतहटमा ५१ वर्षिया, सर्लाहीमा ५६ वर्षिया तथा ललितपुरमा ७६ र ६८ वर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको छ । यस्तै काठमाडौंमा ७७ र मकवानपुरमा ३७ वर्षिया महिला गरी ७ जना महिलाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । यस्तै ललितपुरमा ६० वर्षिय, काठमाडौंमा ७५ वर्षिय, रुपन्देहीमा ६९ वर्षिय र बाँकेमा ४५ वर्षिय पुरष गरी ४ जनाको मृत्यु भएको छ । हिजो देशभरी १ हजार २ सय ४ जना नयाँ कोरोना भाइरसका संक्रमित थपिएका छन । १० हजार ३ सय ३३ पीसीआर परीक्षण भएकोमा ४ सय ८ जना महिला र ७ सय ९६ जना पुरुषमा संक्रमण देखिएको छ । काठमाडौंमा ५ सय ७०, ललितपुरमा ५८ र भक्तपुरमा ८३ जना संक्रमित थपिएका छन । हिजो देशभरी सक्रिय संक्रमितको संख्या १७ हजार १ सय २९ रहेको छ । यस्तै आइसियुमा १ सय ७९ जना र भेन्टिलेटरमा ३५ जना संक्रमित उपचाररत रहेका छन । हिजो १ हजार ४ सय ४७ संक्रमित निको भएर घर फर्किएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *