Saturday, January 18, 2025
Home > मुख्य समाचार > नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार पार हुँदा संक्रमणमुक्त हुनेको संख्या ५३ हजार कट्यो

नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार पार हुँदा संक्रमणमुक्त हुनेको संख्या ५३ हजार कट्यो

काठमाण्डौ ११ असोज
नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ८ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा उपत्यकामा चार सहित हिजो ८ जनाको पुरुषको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौंमा २० र ७४ वर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै भक्तपुरमा ८८ र ललितपुरमा ७६ वर्षिय पुरुषको मृत्यु भएको छ । यसैगरी सप्तरीमा ६३, मकवानुरमा ७४, रुपन्देहीमा ७२ र कैलालीमा ३० वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ६७ पुगेको छ । नेपालमा थप १२ सय ७ जनामा कोरोना संक्रमण देखिएको छ । १० हजार १९ पीसीआर परीक्षण भएकोमा महिला ४ सय ११ र पुरुष ७ सय ९६ जनामा संक्रमण देखिएको हो । हिजो काठमाडौंमा ५ सय ८३, ललितपुरमा ७८ र भक्तपुरमा ६३ जनामा संक्रमण देखिएको छ । नेपालमा कुल संक्रमितको संख्या हिजोसम्म ७१ हजार ८ सय २१ पुगेको छ । हिजो देशभरी सक्रिय संक्रमितको संख्या १८ हजार ३ सय ४१ रहेको छ । २ सय २४ जना आइसियु र २७ जना भेन्टिलेटरमा उपचाररत रहेका छन । हिजो १ हजार १ सय ४७ जना संक्रति डिस्चार्ज भएका छन । हिजोसम्म ५३ हजार १३ जना संक्रमित डिस्चार्ज भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *