Saturday, January 18, 2025
Home > मुख्य समाचार > नेपालमा कोरोना संक्रमितको संख्या ६९ हजार पार हुँदा संक्रमणमुक्त हुनेको संख्या ५० हजार ४ सय नाघ्यो

नेपालमा कोरोना संक्रमितको संख्या ६९ हजार पार हुँदा संक्रमणमुक्त हुनेको संख्या ५० हजार ४ सय नाघ्यो

काठमाण्डौ ९ असोज
कोरोना भाइरस (कोभिड १९) बाट थप १८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ महिला र १२ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । मृत्यु हुनेमा मोरङका ५५ वर्षिया, सुनसरीका ८१ वर्षिया, धादिङका ३२ वर्षिया महिलाको मृत्यु भएको छ । यस्तै भक्तपुरमा ७३ वर्षिया महिला र ८४ वर्षिय पुरुष, काठमाडौंमा ८२ वर्षिया महिला र ७५, ७९ र ८० वर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै झापामा ७८ वर्षिय, धनुषामा ६८ र ७० वर्षिय, रौतहटमा ६५ वर्षिय, तनहुँमा ३९ वर्षिय, दाङमा ३९ वर्षिय, कपिलवस्तुमा ५० वर्षिय, नवलपरासीमा ५५ वर्षिय पुरुष र राजविराज ५५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ५६ पुगेको छ । हिजो १ हजार ४ सय ९७ जना कोरोना संक्रमित थपिएका छन । ११ हजार ४ सय ४९ पीसीआर परीक्षण भएकोमा आज ५ सय १३ महिला र ९ सय ८४ पुरुषमा संक्रमण देखिएको छ । यस्तै काठमाडौंमा ६ सय ९, भक्तपुरमा ५१ र ललितपुरमा ९५ जनामा संक्रमण देखिएको छ । आज देशभरी सक्रिय संक्रमितको संख्या १८ हजार ४ सय ३७ रहेको छ । आइसियुमा २ सय ३२ जना र भेन्टिलेटरमा २८ जना संक्रमित उपचाररत रहेका छन । आज ४ सय ५७ जना संक्रमित डिस्चार्ज भएका छन । हिजोसम्म देशभरी ५० हजार ४ सय ११ जना संक्रमित डिस्चार्ज भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *