Saturday, January 18, 2025
Home > मुख्य समाचार > नेपालमा कोरोना संक्रमण चौथो चरणमा प्रवेश गरिसकेको स्वास्थ्य विज्ञहरुको दाबी

नेपालमा कोरोना संक्रमण चौथो चरणमा प्रवेश गरिसकेको स्वास्थ्य विज्ञहरुको दाबी

काठमाण्डौ २७ असोज
नेपालमा कोरोना संक्रमण चौथो चरणमा प्रवेश गरिसकेको भाइरोलोजिष्ट डा. बाबुराम मरासिनीले बताउनुभएको छ ।
पछिल्लो केही दिन यता संक्रमणको दर पनि उच्च रहेको र पूर्ण रुपमा समुदायमा प्रभाव परिसकेकाले अहिलेको संक्रमणको स्थितिलाई चौथो चरणमा प्रवेश गरेको रुपमा लिनुपर्ने डा. मरासिनीले बताउनुभयो । हिजो हाम्रा संवादातासँग कुराकानी गर्दै भाइरोलोजिष्ट डा. मरासिनीले समग्र देशको संक्रमणको स्थिति भन्दापनि काठमाडौं उपत्यकाको संक्रमण चौथो चरणमा प्रवेश गरेको बताउनुभयो । काठमाडौं उपत्यका भित्रको सबै समुदायभित्र, घरभित्र, कार्यालय लगायतका सबै क्षेत्रमा संक्रमण फैलिइसकेकोले स्थिति नियन्त्रण बाहिर गइसकेको उहाँले बताउनुभयो । सरकारले सही नीति लिन नसक्दा संक्रमणको जोखिमलाई नियन्त्रणमा लिन नसकिएको पनि उहाँले स्पस्ट पार्नुभएको छ । नेपालका लागि कोरोनाको मुख्य स्रोत सीमापारको क्षेत्र भएको तर सरकारले मानिसहरुको आवतजावतलाई व्यवस्थापन नगर्दा संक्रमण फैलिएको बताउनुभयो । सरकारले सीमा नाकामा आउने मानिसहरुलाई अव्यवहारिक व्यवहार गरेकाले पनि संक्रमण समुदायमा फैलिएको टिप्पणी गर्नुभयो । त्यस्तै सरकारले कन्ट्याक्ट ट्रेसिङ राम्रोसँग नगर्ने र स्वाब संकलन गरेपछि ९-१० दिन सम्म परीक्षणको नतिजा नदिने अवस्थाले पनि समुदायमा संक्रमण फैलिन सहयोग पुर्याएको उहाँको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *