Saturday, January 18, 2025
Home > मुख्य समाचार > नेपालमा कोरोना संक्रमण्मका काराण मृत्यु हुनेको संख्या ४ सय ९८ पुग्यो

नेपालमा कोरोना संक्रमण्मका काराण मृत्यु हुनेको संख्या ४ सय ९८ पुग्यो

काठमाण्डौ १५ असोज

कोरोना भाइरस (कोभिड—१९) बाट थप सात जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हिजो ५ पुरुष र २ महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौंका २ महिला सहित ३ जना रहेका छन । मन्त्रालयका अनुसार काठमाडौंमा ३४ र ८६ वर्षिया महिला तथा ५४ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । यस्तै सुनसरीमा ६० वर्षिय पुरुष, मोरङमा ६० वर्षिय पुरुष, सप्तरीमा ३९ वर्षिय पुरुष र रुपन्देहीमा ८२ वर्षिय पुरुषको मृत्यु भएको हो । यो सँगै नेपालमा हिजोसम्म मृत्यु हुनेको संख्या ४ सय ९८ पुगेको छ । हिजो नेपालमा १५ सय ५९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन । हिजो १२ हजार २ सय ५ पीसीआर परीक्षण गरिएकोमा ५ सय ८२ महिला र ९ सय ७७ जना पुरुषमा संक्रमण देखिएको हो । हिजो काठमाडौंमा ६ सय ९७, ललितपुरमा १ सय १२ र भक्तपुरमा ९३ जनामा संक्रमण देखिएको छ । यो सँगै नेपालमा हिजोसम्म कोरोना संक्रमितको जम्मा संख्या ७७ हजार ८ सय १७ पुगेको छ । हिजो १ हजार ५७ जना गरी हिजोसम्म देशभरी ५६ हजार ४ सय २८ जना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन । हिजो आइसियुमा २ सय १ र भेन्टिलेटरमा ३० जना संक्रमितको उपचार भइरहेको छ । यस्तै संस्थागत आइसोलेसनमा देशभरी १० हजार ८७ र होम आइसोलेसनमा १० हजार ८ सय ४ जना संक्रमितको उपचार भइरहेको छ । यसैबीच मन्त्रालयले पीसीआर परीक्षणको शुल्क समायोजनका लागि विभिन्न प्रयोगशालाहरुलाई २४ घण्टे अल्टिमेटम दिएको छ । प्रवक्ता डा. जागेश्वर गौतमले पीसीआ परीक्षणको शुल्क २४ घण्टाभित्र समायोजन गर्न निर्देशन दिनुभयो । २४ घण्टाभित्र मुल्य समायोजन नभए अनुमित खारेज गर्ने निर्णय भएको पनि उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *