काडमाण्डौ ३ भाद्र
नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं र बर्दियामा १—१ जना पुरुषको मृत्यु भएको छ । यस्तै मोरङ, भक्तपुर, चितवन र सुनसरीमा १—१ जना महिला गरी ६ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय २० पुगेको छ । आज ६ सय ८१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन । २ सय १६ महिला र ४ सय ६५ पुरुष गरी ६ सय ८१ जनामा संक्रमण देखिएको हो । काठमाडौंमा आज मात्रै काठमाडौंमा १ सय ३४ जना, ललितपुरमा १७ र भक्तपुरमा ८ जनामा संक्रमण देखिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार ९ सय ३८ जना पुगेको छ । आज पीसीआर विधिबाट ११ हजार ५ सय २२ परीक्षण भएका छन । देशभरी आइसियुमा १ सय ३१ र भेन्टिेलटरमा ६ जना जना संक्रमित उपचाररत रहेका छन । देशभरीका आइसोलेसनमा ११ हजार १ सय १८ जना रहेका छन । आज १ सय २० जना संक्रमित निको भएर घर फर्किएका छन । हालसम्म १७ हजार ७ सय जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज देशभरीका क्वारेन्टिनमा १३ हजार ५ सय ७१ जना रहेका छन ।