Thursday, November 21, 2024
Home > मुख्य समाचार > नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट मृत्यु हुनेको संख्या ५ सय नाग्यो

नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट मृत्यु हुनेको संख्या ५ सय नाग्यो

काठमाण्डौ १६ असोज
नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट मृत्यु हुनेको संख्या ५ सय नाघेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट चिकित्सक र ६ वर्षीय बालकसहित १५ जनाको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेशका सामाजिक विकास मन्त्रालयहरुबाट प्राप्त तथ्यांकअनुसार रुपन्देहीका ३ जना, काठमाडौं, सुनसरी र बाँकेका २र२ जना, भक्तपुर, ललितपुर, धनुषा, रौतहट, मोरङ र सुर्खेतका एक, एक जनाको मृत्यु भएको हो । हिजो १ हजार ९ सय ११ जनामा संक्रमण देखिएको छ । देशभरी १ हजार ९ सय ११ जना कोरोना भाइरसका संक्रमित थपिएका छन । १२ हजार ४ सय ४४ पीसीआर परीक्षण भएकोमा ६ सय २८ र पुरुष १ हजार २ सय ८३ जनामा संक्रमण देखिएको छ । काठमाडौंमा ८ सय १७, ललितपुरमा ६८ र भक्तपुरमा ५८ जनामा संक्रमण देखिएको छ । संस्थागत आइसोलेनमा देशभरी १० हजार ७ सय ६१ जना रहेका छन । यस्तै होम आइसोलेसनमा देशभरी ११ हजार ६९ जना होम आइसोलेसनमा रहेका छन । हिजो ९ सय ६१ डिस्चार्ज भएका छन । पछिल्लो समयसम्म ५७ हजार ३ सय ८९ जना डिस्चार्ज भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *