Saturday, January 18, 2025
Home > मुख्य समाचार > नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट एकै दिन १६ जनाको मृत्यु

नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट एकै दिन १६ जनाको मृत्यु

काठमाण्डौ ६ असोज

नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप १६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ महिला र १३ पुरुष जनाको कोरोनाबाट मृत्यु भएको हो । मन्त्रालयका अनुसार झापामा ७२, सुनसरीमा ४९, पर्सामा ८८, भक्तपुरमा ८४ र ६२ वर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै काठमाडौंमा ५८ र ७३ वर्षिय, मकवानपुरमा ६८, ललितपुरमा ६१, चितवनमा ५५, रुपन्देहीमा ६७, बाँकेमा ५० र ५९ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको हो । यस्तै मकवानपुरमा १७, ललितपुरमा ५८ र दोलखामा ५२ वर्षिया महिलाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय २७ पुगेको छ । हिजो १ हजार १ सय ५४ जनामा संक्रमण देखिएको छ । ९ हजार ५ सय ३३ पीसीआर परीक्षण भएकोमा ४ सय १८ महिला र ७ सय ३६ जना पुरुषमा संक्रमण देखिएको छ । काठमाडौंमा ५ सय ३८, भक्तपुरमा ७४ र ललितपुरमा ६२ जनामा संक्रमण देखिएको छ । हिजो देशभरी सक्रिय संक्रमितको संख्या १७ हजार ६ सय ११ रहेको छ । हिजो आइसियुमा १ सय ९६ र भेन्टिलेटरमा ३१ जना उपचाररत रहेका छन । हिजो देशभरी १ हजार ५ जना संक्रमित डिस्चार्ज भएका छन । हिजोसम्म ४७ हजार २ सय ३८ जना संक्रमित डिस्चार्ज भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *