Saturday, January 18, 2025
Home > मुख्य समाचार > नेपालमा कोरोना भाइरस (कोभिड —१९) का सक्रिय संक्रमितको संख्या साढे ३६ हजार बढी

नेपालमा कोरोना भाइरस (कोभिड —१९) का सक्रिय संक्रमितको संख्या साढे ३६ हजार बढी

काठमाण्डौ ३० असोज

नेपालमा कोरोना भाइरस (कोभिड —१९) का सक्रिय संक्रमितको संख्या साढे ३६ हजार नाघेको छ ।  हिजो ३ हजार ७ सय ४९ जनामा संक्रमण देखिएसँगै सक्रिय संक्रमितको संख्या ३६ हजार ५ सय ३३ पुगेको हो । हिजो १६ हजार ५ सय ९८ पीसीआर परीक्षण भएकोमा काठमाडौंमा १ हजार ६ सय ९२, भक्तपुरमा १ सय ३४ र ललितपुरमा १ सय ८ गरी १ हजार ९ सय ३५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । यो सँगै देशभरी कुल संक्रमितको संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको छ । हिजो संस्थागत आइसोलेसनमा १२ हजार ३ सय ३९ जना रहेका छन । यस्तै होम आइसोलेसनमा २४ हजार एकसय ९४ जना संक्रमित छन । हिजो ३ हजार ५ सय ६४ जना डिस्चार्ज भएसँगै अहिलेसम्म देशभरी ८४ हजार ५ सय १८ जना डिस्चार्ज भएका छन । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय ९४ पुगेको छ । हिजो एकैदिन १९ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *