Saturday, January 18, 2025
Home > मुख्य समाचार > नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ९ जनाको मृत्यु

नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ९ जनाको मृत्यु

काठमाण्डौ २० भाद्र
नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ९ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ जना महिला ६ जना पुरुष गरी ९ जनाको मृत्यु भएको हो । काठमाडौंमा मात्रै तीन जना पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । काठमाडौंमा ४१, ५९ र ६५ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको हो । यस्तै पर्सामा ७५, महोत्तरीमा ७८ र रुपन्देहीमा ४० वर्षिय पुरुषको मृत्यु भएको छ । यसैगरी मोरङमा ४३, मकवानपुरमा ५२ र नवलपरासीमा ३७ वर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ८० पुगेको छ । आज १ हजार ४१ जना कोरोना संक्रमित थपिएका छन । १२ हजार ४ सय ७५ नमुना परीक्षण भएकोमा देशभरी महिला ३ सय ४९ पुरुष ६ सय ९२ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौंमा ३ सय २६, भक्तपुर ४५ र ललितपुर ३७ जना संक्रमित थपिएका छन । यो सँगै आजसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ४५ हजार २ सय ७७ जना पुगेको छ । आज १ हजार ५ सय ६६ जना संक्रमित निको भएर घर फर्किएका छन । आजसम्म २७ हजार १ सय २७ संक्रमित डिस्चार्ज भएका छन । यस्तै ६ हजार ७ सय १ जना क्वारेन्टिनमा रहेका छन । आज देशभरी सक्रिय संक्रमित १७ हजार ८ सय ७० जना रहेका छन । देशभरी १ सय ६७ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन । यसैगरी देशभरी २४ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *