Friday, November 22, 2024
Home > मुख्य समाचार > नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ४९ पग्यो

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ४९ पग्यो

काठमाण्डौ ७ असोज
नेपालमा कोरोना भाइरस (कोभिड— १९) बाट थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ महिला र १ पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौंमा ५० वर्षिय पुरुष र काभ्रेपलाञ्चोकमा ५० वर्षिया महिला रहेका छन । हिजोसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ४९ पुगेको छ । हिजो देशभरी १ हजार ३ सय ५६ जना कोरोना संक्रमित थपिएका छन । १० हजार १ सय ५४ पीसीआर परीक्षण भएकोमा महिला ४ सय ५९ र पुरुष ८ सय ९७ जनामा संक्रमण देखिएको छ । काठमाडौंमा ५ सय ११, ललितपुरमा ७३ र भक्तपुरमा ६३ जनामा संक्रमण देखिएको छ । हिजोसम्म देशभरी कुल संक्रमितको संख्या ६६ हजार ६ सय ३२ पुगेको छ । हिजो देशभरी सक्रिय संक्रमितको संख्या १८ हजार १ सय ४२ रहेको छ । हिजो आइसियुमा देशभरी २ सय २३ जना र भेन्टिलेटरमा ३७ जना संक्रमित रहेका छन । हिजो ८ सय २३ जना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन । हिजोसम्म देशभरी ४८ हजार ६१ जना संक्रमित डिस्चार्ज भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *