Saturday, January 18, 2025
Home > मुख्य समाचार > नेपालमा कारोना भाइरस (कोभिड—१९) संक्रमणबाट निको हुनेको संख्या बढ्दै

नेपालमा कारोना भाइरस (कोभिड—१९) संक्रमणबाट निको हुनेको संख्या बढ्दै

काठमाण्डौ १९ असोज

नेपालमा कारोना भाइरस (कोभिड—१९) संक्रमणबाट निको हुनेको संख्या बढ्दै गएको छ । हिजो पनि देशभरबाट एकहजार तीनसय २९ जना निको भएका छन् । यो संगै कोरोना संक्रमणबाट निको हुनेको संख्या ६४ हजार ६९ पुगेको छ । हिजो देशभरमा २२ सय ५३ जना नयाँ संक्रमित थपिएका छन् । १२ हजार ७ सय ८४ पीसीआर परीक्षण गर्दा आठसय ३० जना महिला र १४ सय २३ जना पुरुषमा संक्रमण देखिएको हो । अहिले सम्म नेपालमा सक्रिय संक्रमितको संख्या २२ हजार दुईसय १९ पुगेको छ । यसैबीच हिजो पाँच दिने नवजात शिशुसहित थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मकवानपुरमा नवजात शिशुसहित ४ महिला र ३ पुरुषको कोरोनाबाट मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँचसय ३५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कारोनो संक्रमण बढीरहेकाले अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दशैंकालागि अनावश्यक यात्रा नगर्न आग्रह गर्दै जहाँ जुन अवस्थामा छौँ त्यही अवस्थामा दशैं मनाउन अपिल गर्नुभयो । उहाँले स्वास्थ्य मापदण्डलाई कडाई गर्दै जरीवाना गर्नेगरी प्रस्ताव गरिएको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *